Jul 27 2026 | २०८३, श्रावण ११ गते

“उत्कृष्ट शिक्षा नेपालमै”! भृकुटीमण्डपमा बृहत शैक्षिक मेला शुरु।

“उत्कृष्ट शिक्षा नेपालमै”! भृकुटीमण्डपमा बृहत शैक्षिक मेला शुरु।

  • 950
    SHARES

  • “उत्कृष्ट शिक्षा नेपालमै”! भृकुटीमण्डपमा बृहत शैक्षिक मेला शुरु।

    असार, १० काठमाडौं । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नारा सहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को बृहत् शैक्षिक मेला आजदेखी शुरु भएको छ।

    प्रमुख अतिथि राज्य मन्त्री तथा पुर्व हिसानका अध्यक्ष उमेस श्रेष्ठ र राष्ट्रिय परिक्षा बिर्डका अध्यक्ष महाश्रम शर्मा को बिशिस्ट अतिथ्यमा नेपालमा गुणस्तरीय शिक्षाको कमि भन्दै बिदेश जाने विद्यार्थीहरुको संख्यामा वृद्धि भए संगै “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ असार १० गते देखि १३ गतेसम्म प्रदर्शनी मार्ग भृकुटीमन्डपमा सुरु भएको हो ।

    विगत ६ वर्षदेखि शैक्षिक मेला आयोजना गर्दै आईरहेको हिसानले यस बर्षको मेलालाई +२ मेलाको रुपमा सञ्चालन गर्ने बताएको छ । विद्यार्थी र अभिभावकहरुलाई नेपालमै संचालित बिद्यालयहरुले गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका दिइरहेको बारेमा सत्य, तथ्य र यथार्थ जानकारी र परामर्श गर्ने उदेश्यले उक्त बृहत शैक्षिक मेला संचालन गरिएको बताइएको छ।20220624_104319.jpg20220624_104217.jpg

    नेपालमै संचालित बिद्यालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श नहुँदा, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने भन्ने कुरामा अन्यौलता हुँदा कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तिकै लागि ठूलो धनराशी विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन मेला आयोजना गरीएको हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले बताए ।

    उपाध्यक्ष शर्मले भने “ठुलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिन शैक्षिक मेला आयोजना गरेका हौं ।”20220624_104519.jpg20220624_105439.jpg

    प्लस २ देखि उच्च स्तरको शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई लक्षित गरी संचालित शैक्षिक मेला विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्वन्धन लिई विभिन्न कार्यक्रम संचालन गरेका शैक्षिक संस्थाहरु तथा प्राविधिक एवं उच्च प्राविधिक कार्यक्रम संचालन गरेका संस्थाहरुका साथै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (सि.टि.ई.भि.टि) को सम्वन्धनमा संचालित ७५ बढि शैक्षिक संस्थाको सहभागिता रहेको छ ।

    नि:शुल्क प्रवेशको व्यवस्था गरिएको बृहत शैक्षिक मेलामा १ हजार भन्दा बढि विद्यार्थीको लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

    बृहत शैक्षिक मेलामा राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक मेलाले विद्यार्थीकोलागी फलदायी हुने बताउनु भयो। श्रेष्ठले यस पटक नो अब्जेक्सन सटिफिकेट लिएर १ लाख विद्यार्थी बाहिर गएको र एउटा विद्यार्थी ले ३० लाख लियो भने झन्डै तीन अर्ब,/खर्ब रुपिया बाहिर जाने हुनाले यस्तो कार्यक्रमले विद्यार्थी हरुलाइ देशमै रोक्न सकिने धारणा राख्नु भयो। उहाले विद्यार्थी नेपाल कै शिक्षण संस्था गुणस्तरीय शिक्षा दिन तयार हुनुपर्ने र शिक्षामा प्राइभेट संस्थाले लगानी बढाउनुपर्ने बताउनु भयो। उहाले पब्लिक प्राइभेट पाट्नर्सिप को माध्याम बाट शिक्षाको गुणस्तर बढाउन सकिने धारणा राख्नु भयो। सिपमुलक शिक्षा मा जोड दिन सरकार र प्राइभेट शिक्षालयले ध्यान दिनुपर्ने बताउनु भयो। त्यसैगरी उहाले हिसानले +2 मा मात्रै होइन उच्च शिक्षामा समेत लगानी बढाउनु पर्ने भन्दै नेपाललाइ एजुकेसन हब बनाउनुपर्ने धाराणा राख्नु भयो ।20220624_104507.jpg20220624_104415.jpg

    शैक्षिक मेलामा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रमले प्राइभेट स्कुलहरुले ठूलो मासमा आफ्नो पहुचलाइ पुर्‍याएको र यसको ब्यबस्थापन मा ध्यान दिनुपर्ने पताउनु भयो।

    कार्यक्रममा अध्यक्ष सर्माले शैक्षिक क्यालेन्डर केही केही पछि सरे पनि आगामी बर्सदेखी परीक्षा सकिएको दुई महिना भित्रै नतिजा प्रकाशित गर्ने र नयाँ समयतालिका प्रकासित गर्ने बताउनु भयो।

    नेपाल मा शिक्षाको अवस्था कमजोर भएर बिदेश पढ्न जाने विद्यार्थीहरुको संख्या बढेको भन्दै बाहिर बिश्वबिद्धालय ले दिएको जस्तो शिक्षा दिन कहाँ नेर चुकेका छौ? सरकार र सोरोकार वालाहरु बसेर यस बिषयमा छलफल गर्नुपर्ने अवस्था आएको र नेपालको समग्र सिक्षालाइ सुधार्ने क्रमामा हाम्रो भुमिका के हुने भन्ने बिषयमा छलफल गर्नुपर्ने धारणा राख्नु भयो। त्यसैगरी उहाले पहुच भन्दा बाहिर रहेका विद्यार्थीहरुलाइ कसरी समान शिक्षाको बातावरण मिलाउने भन्ने भिषयमा सबैको ध्यान जानुपर्ने बताउनु भयो।

    अध्यक्ष सर्माले बृहत शैक्षिक मेला काठमाडौमा मात्रै नभै प्रादेशिक रुपमा समेत मेलाको आयोजना गर्नु पर्ने बताउनु भयो।

    मेलामा बोल्दै अध्यक्ष सर्माले राष्ट्रिय परीक्षा बोर्डले हरेक शिक्षक लाई नतिजा कसरी बढाउने, रिजल्ट कसरी गर्ने, प्रश्नपत्र निर्मान कसरी गर्ने भन्ने बिषयमा बहस गर्ने बताउदैं समग्रमा शिक्षकलाइ क्वालिफाइड गेरेपछि मात्रै शिक्षाको गुणस्तरमा परिवर्तन हुने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा हिसान का अध्यक्ष रमेश सिलवालले समापन गर्नुभयो। उहाले पुर्व अध्यक्ष तथा राज्यमन्त्री उमेस श्रेष्ठलाई लक्षित गर्दै प्राइभेट शैक्षिक संस्थाको समस्याको बारे तपाइले उठाउनु भएको मुद्दा  समाधान गर्न अग्रसर रहन ध्यानाकर्षण गर्नु भयो।

    उहाले शिक्षा र संचारको नङ र मासु जस्तै सम्बन्ध भएको बताउदै कान्तिपुर ग्रुप शिक्षा जगतमा आयो खुसी लागेको र जसका कारण शिक्षा जगतमा आउने नकारात्मक समचार पनि घटेको धारणा व्यक्त गर्नुभयो।20220624_105142.jpg20220624_105806.jpg20220624_125123.jpg20220624_105621.jpg20220624_104913.jpg20220624_104934.jpg20220624_105410.jpg20220624_124920.jpg20220624_105854.jpg20220624_124721.jpg20220624_124538.jpg

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार