शनिवार, माघ १० २०७७
काठमाडौं । पौने ३ करोड ठगीको मुद्दामा ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्धय शिरिष खड्का र सुरेन्द्र महर्जन पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं द्वारा ठगी मुद्दामा अदालतबाट जारी भएको बारेन्टका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए ।
उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए । तर जग्गा अर्कैलाई बेचेका उनीहरुले बैना रकम समेत फिर्ता नगरेको देवकोटाको उजुरी छ ।
प्रहरीका अनुसार स्कुलको जग्गा विक्री गर्दा काठमाडौं महानगरपालिकाको शिक्षा शाखाबाट अनुमति समेत नलिएको पाइएको छ । यसबारे पनि अनुसन्धान भइरहेको र । संचालक मध्ये चार जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ |