Jul 27 2026 | २०८३, श्रावण ११ गते

केही रोचक तथा अनौठा प्रसंग!

केही रोचक तथा अनौठा प्रसंग!

  • 2.2K
    SHARES

  • केही रोचक तथा अनौठा प्रसंग!

    संसारमा सिर्जित हरेक चिज जसको सन्चालनको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सोचेका थियौ न सोच्न आवश्यक नै ठान्यौ । आफ्नो दैनिकी जिवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता ज्ञानहरु लिई राख्दा पक्कै पनि काम  लाग्न सक्छन ।

    १.  पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।

    २. संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।


    ३. स्याउ , आरु , बदाम , स्ट्रबेरी , चेरी , यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन ।


    ४. दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ । 


    ५. तपाईंले ख्याल गर्नुभएको छ कि छैन कुन्नी , बिश्व प्रख्यात कला “मोनलिसा” को चित्रमा परेली अर्थात् आँखिभौं नै छैन ।


    ६.औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ । 


    ७. अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ ।


    ८. संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो , जहाँ ३० लाख जना रोजगार छन् ।


    ९.मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ ।

    १० सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।

    ११ शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।

    १२ पानी बिना उँट जती बाँच्न सक्छ, त्यो भन्दा बढी जिराफ बाँच्न सक्दछ ।

    १३ मह मात्र एक त्यस्तो खाना हो , जो सयौ बर्ष सम्म पनि सड्दैन ।

    १४. छेपारोले एकैपटक मा आफ्नो दुई आँखले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।

    images
    आइतवार, माघ ११ २०७७०९:२२:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार