सोमवार, श्रावण २ २०७९
साउन, २ काठमाडौ । कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय सेवा आगोगले सहप्राध्यापक पदकोलागी दर्खास्त आह्वान गरेको छ। गोरखापत्रमामा एक सूचना जागी गर्दै दर्खास्त आह्वान गरेको हो।
बिश्वबिद्धालयमा रिक्त रहेका पदहरुमा खुल्ला तथा आन्तरिक प्रतियोगिताबाट स्थाइ पदपूर्ति गर्नु पर्ने भएकोले मापदण्ड पूरा गरेका नेपाली नागरिकले खुल्ला प्रतियोगिताको लागि दर्खास्त आव्हान गर्न सक्ने छन। त्यसै गरि आन्तरिकतर्फ हाल बिश्वबिद्धालयमा स्थाइ रुपमा कार्यरत उपप्राध्यापकहरु मध्य आवस्यक योग्यता र सेवा पूरा गरेकाहरुले दर्खास्त आह्वान गर्न सकिने छ।
दर्खास्त दिनकोलागी मिति २०७९ साउन ३० गते सम्म नियमित र साउन ५ गते सम्म दोब्बर शुल्क तिरी फारम भर्न सकिने छ। अधिकृत स्तरको दर्खास्त दिन २१ बर्ष पूरा भइ ३५ बर्ष ननाघेको र सहायक पदको लागि १८ बर्ष माथी ३५ बर्ष ननाघेको हुनुपर्नेछ।


