Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटिको प्रवेश परीक्षा सञ्चालन तथा छात्रवृत्ति वितरण सम्बन्धि निर्देशिका जारी (निर्देशिकासहित)

सिटिइभिटिको प्रवेश परीक्षा सञ्चालन तथा छात्रवृत्ति वितरण सम्बन्धि निर्देशिका जारी (निर्देशिकासहित)

  • 1.6K
    SHARES

  • सिटिइभिटिको प्रवेश परीक्षा सञ्चालन तथा छात्रवृत्ति वितरण सम्बन्धि निर्देशिका जारी (निर्देशिकासहित)

    साउन, ३ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले प्रवेश परिक्षा संचालन तथा छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९ जारी गरेको छ। सिटिइभिटि परिक्षा समितिको असार ३१ गतेको निर्णयअनुसार ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९ जारी गरेको हो।

    परिषद्को विनियमावली ,२०७१ को विनियम ५५ को अधिकार प्रयोग गरी परीक्षा समितिले प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका,२०७९’ बनाएको हो। निर्देशिकाले परिषद् मातहतमा सञ्चालन हुने शैक्षिक कार्यक्रम र प्रवेश परीक्षामा सामेल हुनका लागि आवश्यक शैक्षिक योग्यता निर्धारण  गरेको छ ।

    अक्षराङ्कन पद्धति लागू भएपछि डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रममा भर्ना हुनका लागि प्रवेश परीक्षाको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट माभ्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी ग्रड प्वाइन्ट एभरेज २.० प्राप्त गरेको हुनु पर्ने वा एसईई उत्तीर्ण भई परिषदबाट सञ्चालन हुने कार्यक्रमसंग संबन्धित तोकिएका प्राविधिक एसएलसी प्रि डिप्लोमा तहको कुल पूर्णङ्क ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने  निर्देशिकामा उल्लेख गरिएको छ ।

    यस्तो छ, निर्देशिका,२०७९

    https://drive.google.com/file/d/17kPXsgL_0adZ4GblRFulvtEepLCuDu-i/view?usp=drivesdk

    images
    मंगलवार, श्रावण ३ २०७९०२:३७:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार