Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिद्धार्थ एकेडेमी / मल्टिपल कलेजद्वारा SEE कप बास्केटबल - 2079 सम्पन्न।

सिद्धार्थ एकेडेमी / मल्टिपल कलेजद्वारा SEE कप बास्केटबल - 2079 सम्पन्न।

  • 1.2K
    SHARES

  • सिद्धार्थ एकेडेमी / मल्टिपल कलेजद्वारा SEE कप बास्केटबल - 2079 सम्पन्न।

    साउन,८ काठमाडौ । सिद्धार्थ एकेडेमी /मल्टिपल (Academy / Multiple) कलेज द्वारा एसइइ (SEE) बास्केटबल कप प्रतियोगिता संचालन गरेको छ। कलंकी बाफल क्षेत्रमा विभिन्न फ्याकल्टिमा अध्यायन अध्यापन गराउदै आएको सिद्धार्थ कलेजले एसइइ बास्केटबल टुर्नामेन्ट (SEE Basketball Tournament) - २०७९ कलेजको प्राङ्गणमा रहेको बास्केटबल कोर्टमा सप्पन्न गरेको हो।20220723_103425.jpg20220723_104706.jpg

    दुई दिन सम्म चलेको यस टुर्नामेन्टमा २६ टिम पुरुष, ६ टिम महिला गरि जम्मा ३२ टिम सहभागी रहेको थियो। टुर्नामेण्टमा ट्रफि, मेडल, प्रमाणपत्र र नगद रुपियाँ पुरस्कारको ब्यबस्था गरेको थियो।20220724_140342.jpg

    बास्केटबल टुर्नामेन्टमा Hrit academy प्रथम , New zenith द्वितीय र NCCS ले तृतीय स्थान हाँसिल गरेको थियो। त्यसैगरी छात्रा तर्फ ISA nepal प्रथम, TIVS द्वितीय र NCCS ले तृतीय स्थान हासिल गर्यो। त्यसैगरी खेलमा जोन पाख्रीन उत्कृष्ट खेलाडी (छात्र / पुरुष) र सन्ध्या डंगोल उत्कृष्ट खेलाडी (छात्रा/ महिला) ले पुरस्कार स्वरुप ट्रफी र प्रमाणपत्र पाए।20220724_140257.jpg20220724_141027.jpg

    बास्केटबल टुर्नामेन्ट्मा प्रथम हुने टिमले रु. १० हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी साथै प्रथम हुने टिमका खेलाडिहरुलाइ फ्री कक्षा ११ मा निशुल्क छात्रवृत्ति पाउने भएका छन।

    समापन कार्यक्रममा बोल्दै स्कुल / कलेजका प्रीन्सिपल शिव राम रिजालले खेलमा सहभागी भै उत्कृष्ट हुने टिमलाई बधाइ दिनुभयो। साथै दुई दिन सम्म खटेर समय दिने कोचहरुलाइ हार्दिक बधाइ दिनुभयो।

    प्रीन्सिपलले पढ्ने पढाउने संगै खेल्ने खेलाउने कुरा महत्त्वपूर्ण छ, यसले पढेर मात्रै होइन खेलेर पनि धेरै सिक्न सकिन्छ भन्ने भाव दिन खोजेको बताउनु भयो। उहाले प्रतेक ब्यक्तिको ब्यक्तिगत जिवनमा अध्यायन, अध्यायपन, अनुशासन र खेल उतिकै आवस्यकता रहेको बताउनु भयो।

    प्रीन्सिपल रिजालले पढ्न स्ट्रेस (Stress) ले होइन आनन्दले पढ्नुपर्छ भन्दै यसकालागी खेलकुद अत्यन्तै आवस्यकता रहेको बताउनु भयो।20220724_122304.jpg20220724_124422.jpg

    त्यसैगरी मन्तव्यको क्रममा प्रीन्सिपल रिजालले पढ्ने र खेल्ने बाताबरणको लागि सिद्धार्थ कलेज अत्यन्तै उत्कृष्ट रहेको समेत बताउनु भयो। उहाले प्रथम हुनुभएका विद्यार्थीहरुलाइ पुर्णत (१००%) छात्रवृत्ति ,द्वितीय स्थान हासिल गरेकालाई ६०% छात्रवृत्ति र तृतीय स्थान हासिल गरेका खेलाडीहरुलाइ ५०% छात्रवृत्ति दिने घोषणा समेत गर्नु भयो।

    खेलको समापनमा रेफ्री हरुलाइ टोकन अफ लभ दिएर सम्मान गरिएको थियो।20220724_124303.jpg20220724_140142.jpg20220724_134751.jpg20220724_123955.jpg

     

    images
    आइतवार, श्रावण ८ २०७९०७:०६:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार