Jul 27 2026 | २०८३, श्रावण ११ गते

NIC एकेडेमीले गर्‍यो, एसइइ पास विद्यार्थीलाई दिक्षित।

NIC एकेडेमीले गर्‍यो, एसइइ पास विद्यार्थीलाई दिक्षित।

  • 1.5K
    SHARES

  • NIC एकेडेमीले गर्‍यो, एसइइ पास विद्यार्थीलाई दिक्षित।

    साउन, १८ काठमाडौ । NIC एकेडेमीले एसइइ (SEE) पास भएका विद्यार्थीहरुलाइ दिक्षित (Graduation) गरेको छ। एकेडेमीले एसइइ पास भइ उत्कृष्ट नतिजा हाँसिल गरेका ५३ विद्यार्थीलाई दिक्षित गरेको हो।

    FB_IMG_1659497894810.jpg

    FB_IMG_1659497923162.jpgNIC Academy

    NIC Academy मा कुल ५३ जना विद्यार्थीहरु मध्य सबैले A ग्रेड भन्दा माथी ल्याएको जसमध्ये ३० जना विद्यार्थीले ३.६-४  र २३ जना विद्यार्थीले ३.३५-३.६  ल्याएर सत प्रतिशत नतिजा ल्याएका छन। हाल NIC एकेडेमी मा कक्षा ११ र १२ मा 'मेनेजमेन्ट (Management) र ल (Law)' पढाइ हुने गरेको छ।

    दिक्षान्त (Graduation) कार्यक्रमा कलेजका अध्यक्ष एसोसियट प्रोफेसर युवराज अधिकारीको अध्यक्षतामा र कलेजका संस्थापक प्रा.डा. पार्थिरेश्वर प्रसाद तिमिल्सिनाको प्रमुख अतिथ्यता र प्रोफेसर डा. गोबिन्द नेपालको बिशेष अतिथ्यतामा सम्पन्न भयो । कार्यक्रम संचालन एनआइसी का शिक्षक गणेश बन्जाराले गर्नु भयो।

    दिक्षान्त समारोहमा प्रमुख अतिथी तथा NIC Academy का संरक्षक प्रा.डा. तिमिल्सिनाले दिक्षित हुने विद्यार्थी भाइबहिनीहरुलाइ उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।

    20220802_175949.jpg

    प्रा.डा. तिमिल्सिनाले बधाईको पात्र विद्यार्थी मात्रै नभै असल अभिभावकत्व दिनुहुने अभिभावक रहेको बताउदै उहाले 'शिक्षक - विद्यार्थी - अभिभावक' लाई त्रीमुर्तीको संज्ञा दिइ बधाइको असली हकदार अभिभावक र शिक्षक पनि रहेको बताउनु भयो। उहाले एसइइ भन्दा अफ्ट्यारो बाटो बाँकी रहेको बताउनु भयो। उहाले विद्यार्थीलाई दवाब दिएर बिषय छान्न नलगाउन भन्दै, विद्यार्थीले के पढ्न चाहन्छ हामिले त्यो सिकाउन पर्छ। बल गरेर बिषय छान्न लगाउनु नहुने बताउनु भयो। त्यसैगरी उहाले विद्यार्थीहरुलाइ साथीहरुको लहलहमा समेत आफुले पढ्ने बिषय नछान्न सुझाव दिनु भयो। उहाले परिश्रम नफरी सफल हुदैन भन्दै विद्यार्थीहरुलाइ आगामी जीवनमा कडा मिहेनत दर्न सुझाव समेत दिनुभयो।

    20220802_164746.jpg20220802_163725.jpg

    त्यसैगरी दिक्षान्त कार्यक्रममा एकेडेमीका प्रीन्सिपल सुगन्धराज रेग्मिले विद्यार्थीहरुलाइ बधाइ तथा आगामी भविस्यको शुभकामना दिनु भयो।

    प्रीन्सिपल रेग्मिले मन्तव्यमा यहाँ पढ्दै गर्दा हामिले सिकाएको नैतिक र भौतिक शिक्षा तपाइहरुको जीवनमा महत्त्वपूर्ण हुने कुरामा बिश्वास लिएको बताउनु भयो। जुन कुरा तपाइहरुले पढ्नु भयो त्यसलाइ आफ्नो जीवनमा लागू गर्ने र संसार भरी आफ्नो नाम चम्काउन अघि बढ्नुहुने छ भन्ने आसा लिएका छौ मन्तव्यका क्रममा प्रीन्सिपल रेग्मिले भन्नुभयो ।

    त्यसैगरी प्रीन्सिपल रेग्मिले NIC Academy बाटै एसइइ पास गरेका र पुनः कक्षा ११ मा NIC मै पढ्न चाहाने विद्यार्थीहरुलाई पुर्ण छात्रवृत्ति दिने घोषणा गर्नु भयो।

    उहाले एनआइसी शैक्षिक रुपमा निकै राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्ने सँस्था भएको बताउदै, बिगतमा समेत अन्जन घिमिरेले रातो बंगलामा पहिलो स्थानमा (इन्ट्रान्समा टप), र + 2 मा पनि रातो बंगलामा पहिलो स्थान हासिल गरेको बताउनु भयो।

    20220802_164951.jpg

    उहाले एनआइसिको विद्यार्थीलाई रातो बंगलामा लगाएत सबै कलेजहरुले प्रायोरिटी दिन्छ। अन्जान घिमिरेले बिगतमा अमेरिकामा बिश्वबिद्धालयमा पुर्ण छात्रवृत्तिको लागि अफर गर्‍यो तर उहाँले आफ्नै देशमा पढ्ने निर्णय गरेर नेपालमै मेडिकल शिक्षामा अध्यायनरत हुनुहुन्छ ।

    दिक्षान्त समारोहमा विद्यार्थीहरुलाइ प्रमाणपत्र र टोकन अफ लभ बितरण गरि दिक्षित गरेको थियो। कार्यक्रममा विद्यार्थीहरुको अभिभावकहरु समेतको उपस्थिति रहेको थीयो।

     

    20220802_163908.jpg20220802_170659.jpg20220802_170734(0).jpg20220802_170805.jpg20220802_170848.jpg20220802_170923.jpg20220802_172608.jpg20220802_174049.jpg20220802_174857.jpg20220802_172157.jpg

    images
    बुधवार, श्रावण १८ २०७९०९:४७:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार