Jul 27 2026 | २०८३, श्रावण ११ गते

चौधौं बार्षिक उत्सवमा ब्राइट फ्यूचर कलेजले गर्‍यो रक्तदान ।

चौधौं बार्षिक उत्सवमा ब्राइट फ्यूचर कलेजले गर्‍यो रक्तदान ।

  • 860
    SHARES

  • चौधौं बार्षिक उत्सवमा ब्राइट फ्यूचर कलेजले गर्‍यो रक्तदान ।

    भदौ, ६ काठमाडौ । ब्राइट फ्यूचर कलेजले स्थापनाको १४ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। ललितपुर महानगरपालिका, १५ सातदोबाटोमा अवस्थित ब्राइट फ्युचर कलेजले  शैक्षिक सेवासहित रक्त अभाव कम गर्न रक्तदान गरेको हो ।FB_IMG_1661153049536.jpg

    रक्तदान कार्यक्रममा कलेजका शिक्षक तथा विद्यार्थीहरुद्वारा ५८ पिंट रक्तदान सकंलन भएको बताएको छ। कलेजले रक्तदान गर्ने शिक्षक विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कलेज प्रशासनका प्रमुख रामरमण  हुमागाईका अनुसार कलेज परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्राध्यापक, विद्यार्थी, अभिभावक र इज्छुक ब्यक्तीहरुले रक्तदान गरेका  थिए।  रक्तदान कार्यक्रम बिहान आठ बजे देखी ११ बजेसम्म सञ्चालन भएको थियो। रक्तदान कार्यक्रममा ५८ जनाले  रगत  गरेका  छन्  ।IMG-20220822-WA0007.jpg

    ब्राइट फ्यूचर कलेजका प्रमुख किसोर अधिकारीले शैक्षिक क्रियाकलाप संगसंगै कलेजले हरेक बर्ष मानवीय सेवाको कामहरु समेत गर्दै आइरहेको बताउनु भयो। उहाँले कलेजले गुणस्तरिय शिक्षा र विद्यार्थीमैत्री वातावरण दिन सकेका कारण यतिका वर्षसम्म सबैको मन जित्न सफल भएको बताए । ब्राइट फ्यूचर कलेज स्थापना कालदेखी देशकै उत्कृष्ठ कलेजका रुपमा चिनिएको कलेज पछिल्लो समय विद्यार्थीको आकर्षणको केन्द्रका रुपमा समेत दरिएको छ ।Screenshot_20220822-132500_Facebook.jpg

    ब्राइट फ्यूचर कलेजमा मन्टेस्वोरी देखि स्नातक तहसम्म पढाइ हुने यस शिक्षालयमा हाल कक्षा ११ र १२ मा बिज्ञान, कानुन, ब्यबस्थापन, शिक्षा र मानविकी र स्नातक तहमा बिबिएस, बि.एड. फ्याकल्टी मा अध्यान अध्यापन गर्दै आइरहेको छ। त्यसैगरी कलेजले CA तयारी कक्षा समेत संचालन गर्दै आइरहेको छ।IMG-20220822-WA0002.jpgFB_IMG_1661153001103.jpgFB_IMG_1661152998514.jpgFB_IMG_1661153017850.jpgIMG-20220822-WA0008.jpgIMG-20220822-WA0005.jpg

     

    images
    सोमवार, भाद्र ६ २०७९०१:४३:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार