मंगलवार, माघ १३ २०७७
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा स्नातक तहमा इन्जिनियरिङ पढ्न चाहने ५ सय १३ जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् ।
५२८ विद्याथी संख्या भर्ना सिट रहेको नेकमा भर्ना हुन आइतबार प्रवेश परीक्षामा सहभागी ५ सय १३ जना विद्यार्थी मध्ये ४८५ जना उत्तीर्ण भएका छन् ।
ADVERTISEMENT प्रवेश परीक्षाको नतिजा हेर्न क्लीक गर्नुहोस् पोखरा विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजमा बिई सिभिलमा १४४, बिई सिभिल एण्ड रुलरमा ४८, बि. आर्किटेक्चरमा ४८, बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८, बिई कम्प्युटर इन्जिनियरिङमा ९६, बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा ९६, बिई सिभिल फर डिप्लोमा होल्डर्समा ४८ कोटा रहेको छ ।
कलेजले राखेको तथ्यांक अनुसार सिभिल इन्जिनियरिङ तर्फ चाप देखिएपनि सिभिल बाहेकका अन्य बिषयमा विद्यार्थीको चाप देखिएको छैन । इन्जिनियरिङतर्फ कलेजमा प्रत्येक वर्ष विद्यार्थीको संख्या वढ्दो छ, कलेजको प्रवेश परीक्षा समितिका संयोजक सहप्राचार्य बाबुराम भटराईले भने, यसमा पनि सिभिलतर्फ सवैभन्दा वढी आकर्षण छ ।
विद्यार्थीहरुको चाप नरहेको बिषयमा भने कलेजले शिक्षण शुल्कमा भारी छुटदिने नीति अख्तियार गरेको छ । बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन अध्ययन गर्न चाहने विद्यार्थीलाई ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको प्रवेश परीक्षा समिति संयोजक सहप्राध्यापक भट्टराईले जानकारी गराए ।
त्यस्तै कलेजमा बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिई कम्प्युटर इन्जिनियरिङमा २५ प्रतिशत छुटको व्यवस्था रहेको भट्टराईले जानकारी गराए । यसबाहेक प्रादेशिक छात्रबृति, स्थानीय छात्रबृति र प्रवेश परीक्षामा सर्वाधिक अंकल्याएका तथा उच्च अंक ल्याउन सफल विद्यार्थीहरूलाई पनि विभिन्न छात्रवृत्तिको व्यवस्था भएको उनले जानकारी गराए । पहिलो चरणको आइतबारको प्रवेश परीक्षाका लागि पाँंच सय ३० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित भई पाँंच सय १३ जना परीक्षामा सहभागी भएका कलेजले जनाएको छ ।
'बिई सिभिल फर डिप्लोमा होल्डर्स'को लागी भने माघ १७ गते छुट्टै प्रवेश परीक्षा हुँदै छ । २०५१ सालमा सिभिलमा ६० जना विद्यार्थीबाट पढाई सुरु गरेको नेकमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।