Oct 08 2026 | २०८३, आश्विन २२ गते

प्रदेश नम्बर एक साक्षर घोषणा ।

प्रदेश नम्बर एक साक्षर घोषणा ।

  • 381
    SHARES

  • प्रदेश नम्बर एक साक्षर घोषणा ।

    भदौ, २३ काठमाडौ । ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। एक नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा साक्षर प्रदेश घोषणा गरेका हुन् ।

    युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको बताइएको छ। प्रदेशका १४ जिल्लामा रहेका एक सय ३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६ दशमलव ७४ प्रतिशत साक्षर छन् ।

    कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले मुलुकको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यवहारिक शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताए। त्यसैगरी स्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गरे । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले मुलुकका लागि अबको शिक्षा जागिरे मात्र होइन, व्यवहारिक हुनुपर्नेमा जोड दिए । 

    घोषणा कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै मातृभाषाको विकासका गर्ने धारणा व्यक्त गरे । 

    सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्वेलगायतले शिक्षा मुलुकको समृद्धिको महत्वपूर्ण मेरुदण्ड रहेको र मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्नेमा सुझाव दिए । 

    प्रदेश १ साक्षर घोषणा भएसंगै अब मुलुकका तीन प्रदेश साक्षर भएका छन् । बागमती र गण्डकी प्रदेश यस अघि नै साक्षर घोषणा गरिसकिएको छ । भने लुम्बिनीको कपिलवस्तुमात्र साक्षर घोषणा हुन बाँकी रहेको छ ।

     

    images
    बिहिवार, भाद्र २३ २०७९०५:४०:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार