शुक्रवार, भाद्र ३१ २०७९
भदौ, ३१ सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति तर्फको लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ ।
डिप्लोमा प्रमाणपत्र तहको शैक्षिक सत्र २०७९/०८० का लागि निःशुल्क छात्रवृत्तिमा आवेदन भरेका आवेदकहरु मध्यबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्यता क्रमको आधारमा नामावली प्रकाशन गरेको हो ।नतिजा हेर्न www.ctevt.org.np वा www.ctevtbagmati.org.np मा गएर हेर्नसकिने छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तह बार्षिक परीक्षा प्रणाली अन्तर्गतका एक विषय मौका परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।
भदौ १९ गतेभित्र रीतपूर्वक परीक्षा आवेदन फारम भरेका परीक्षार्थीका लागि असोज ८ गते संचालन गरीने विभिन्न विषयको परीक्षा केन्द्र कायम गरेको हो ।
