Jul 27 2026 | २०८३, श्रावण ११ गते

अथर्ब फूड एन्ड म्युजिक फेस्टा २०७९ सम्पन्न।

अथर्ब फूड एन्ड म्युजिक फेस्टा २०७९ सम्पन्न।

  • 1.6K
    SHARES

  • अथर्ब फूड एन्ड म्युजिक फेस्टा २०७९ सम्पन्न।

    असोज, ३ काठमाडौ । काठमाडौको बाँसबारी स्थित अथर्ब बिजनेस कलेजले 'अथर्ब फूड एन्ड म्युजिक फेस्टा'- २०७९  (ATHARVA FOOD and MUSIC FIESTA-2022) सम्पन्न गरेको छ। स्नातक तह अध्यायनरत BHM/BBA र BHCM का विद्यार्थीहरुको आयोजनामा 'अथर्ब फूड एन्ड म्युजिक फेस्टा' - २०७९ सम्पन्न भएको हो।20220919_125553.jpg

    दुई दिन सम्म चलेको अथर्ब फूड एन्ड म्युजिक फेस्टा - २०७९ कार्यक्रममा विद्यार्थीहरुले विभिन्न परिकारका खानेकुराहरुको ८ वटा स्टल राखेका थिए। मुख्यगरि BHM का विद्यार्थीहरुले आफुले सिकेका कुराहरू पकाएर प्रदर्शनमा राखेका थिए भने BBA का विद्यार्थीहरुले इभेन्ट म्यानेजमेन्ट गरेका थिए। त्यसैगरि BHCM का विद्यार्थीहरुले हेम्स अस्पतालको समन्वयमा स्वास्थ सम्बन्धित हेल्थ डेस्क राखी प्रार्थमिक उपचारको लागि ब्यबस्थापन गर्ने काम गरेको थियो।FB_IMG_1663555381916.jpgFB_IMG_1663555536406.jpgFB_IMG_1663555407665.jpg

    कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरु, नृत्य, गायन, नाटक प्रहसन प्रदर्शन गर्दै, विभिन्न सांगीतिक ब्याण्ड संगै गायिका तेस्रो नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, अस्मिता अधिकारी लगाएत हास्य कलाकार मुमन अधिकारी लगाएत सर्जकहरुको उपस्थितिमा भब्य सांगीतिक कार्यक्रम प्रस्तुति गरेको थियो।FB_IMG_1663555513217.jpg20220919_141310.jpg

    उक्त कार्यक्रमको संयोजन कलेजको भाइस प्रिन्सिपल सुवास अधिकारीले गर्नुभयो । कलेजका प्रिन्सिपल मनोज थापा मगरले विद्यार्थीहरुले पठनपाठन गर्दा सिकेको सिपलाइ एक्स्पोज गर्ने अवसरका रुपमा फेस्टाले महत्त्वपूर्ण भुमिका निर्बाहा गर्ने बताउनुभयो। उहाले हरेक बर्ष विद्यार्थीहरुको लागि यस्तो कार्यक्रम संचालन गर्ने समेत बताउनु भयो। कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो।

    FB_IMG_1663555372844.jpgFB_IMG_1663555400276.jpgFB_IMG_1663555454481.jpgFB_IMG_1663555488368.jpg20220919_140406.jpg20220919_134947.jpg20220918_152659.jpg20220918_164458.jpg20220919_125553.jpg

    images
    मंगलवार, आश्विन ४ २०७९०६:०६:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार