Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहको परिक्षा फारम खुला।

सिटिइभिटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहको परिक्षा फारम खुला।

  • 700
    SHARES

  • सिटिइभिटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहको परिक्षा फारम खुला।

    कार्तिक, २० काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन खुला गरेको गरेको छ। परिषदका आंगिक, साझेदारी सामुदायिक बिद्यालय र निजि स्तरका शिक्षणसंस्थाहरुमा अध्यायनरत विद्यार्थीहरुको परीक्षा आवेदन फारम खुलेको हो।

    परिषदले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथी, सामान्य चिकित्सा आयुर्वेद, अकुपेन्चर, डेण्टल साइन्स, अप्थाल्मिक साइन्स, कृषि,फार्मेसी, फिजियोथेरापी, योग एम्ड नेचुरोपेथी, फोरेस्ट्री कार्यक्रमहरुको प्रथम, दोश्रो र तेस्रो बर्षको नियमित तथा दोश्रो र तेस्रो बर्षको आंसिक एबं डिप्लोमा इन इन्जिनियरिङ, तर्फका कार्यक्रमहरु, होटेल मेनेज्मेन्ट, फुड एन्ड डेरि टेक्नोलोजी, सोसियल ओर्क्स, इटरप्रेनरसिप, डेभलपमेन्ट र कृषि (बाली बिज्ञान र पशु बिज्ञान) प्रथम बर्ष दोस्रो खण्डको नियमित परिक्षा आवेदन फारम खुलेको जनाइएको छ।

    सिटिइभिटिको सूचना अनुसार परिक्षाहरु माघ महिना मा संचालन हुने बताइएको छ। परिक्षार्थिहरुले मिति २०७९ मंसिर ११ गते भित्र नियमित र मंसिर १८ गते सम्म बिलम्ब शुल्क बुझाएर सम्बन्धित शिक्षणसंस्थामा आवेदन फारम भर्न सक्नेछन। 

    बिस्तृत जानकारीका लागि हेर्नुस् सूचना । साथै यो सुचना CTEVT को वेबसाईट ctevtexam.org.np मा गएर हेर्न सकिने छ। 

    Screenshot_20221106-062305_Chrome.jpg

    images
    आइतवार, कार्तिक २० २०७९०६:५७:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार