Jul 27 2026 | २०८३, श्रावण ११ गते

समाचार

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने

  • 773
    SHARES

  • लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने

    लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।

    लुम्बिनी, गत असोज २६ गते काठमाडौँमा सम्पन्न १२ औँ सभाले आङ्गिक क्याम्पस थप गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी दोस्रो चरणमा देवदहसहित क्रमशः बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र वाग्मती प्रदेशको काठमाडौँसहित केही हिमाली जिल्लामा आङ्गिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरिएको लुविविका रजिष्ट्रार डा तिलकराम आचार्यले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    बुटवलमा सञ्चालन हुने आङ्गिक क्याम्पसमा यसै वर्षदेखि अध्ययनअध्यापन सञ्चालन गर्ने तयारी रहेको र पहिलो वर्ष स्नातक तहमा कानून र ट्राभल एण्ड टुरिज्म विषयको अध्यापन हुने डा आचार्यले जानकारी दिए ।

    विश्वविद्यालय सभाले काठमाडौँमा नेपालको मौलिक कलामा आधारित बुद्धग्रन्थ बज्रयान अध्ययन केन्द्र सञ्चालन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले विश्वविद्यालयको सद्भावना दूतमा गायिका आनी छोयिङ डोल्मालाई मनोनयन गरेको छ ।

    यस्तै सभाले विश्वविद्यालयले हरेक वर्ष एक बौद्ध विद्धान्लाई प्रदान गर्ने गरी पाँच हजार डलर राशिसहितको अन्तरराष्ट्रिय प्रज्ञारत्न अवार्ड स्थापना गर्नेसमेत प्रस्ताव पारित गरेको डा आचार्यले जानकारी दिए । सभा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीका प्रमुख आतिथ्यतामा भएको थियो ।

    लुम्बिनी  २०६१ सालमा बौद्धदर्शन, साहित्य, शिक्षा र संस्कृतिका साथै अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्था सञ्चालन गर्ने मूल उद्देश्यका साथ स्थापना भएको हो ।

    विश्वविद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि १५ वर्षको अवधि छोटो भए पनि यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । उनले विश्वविद्यालयका प्रशासनिक भवनसहित अहिलेसम्म छात्रावास र कर्मचारी आवासगृह निर्माण गरिएको तथा विश्वविद्यालयका लागि रुपन्देहीको देवदहमा करीब एक सय बिघा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

    images
    मंगलवार, कार्तिक ४ २०७७११:२४:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार