बिहिवार, माघ १२ २०७९
माघ, १२ गते काठमाडौ । एभरेस्ट इनोभेटिभ स्कुल (इआइएस/EIS)कालीमाटीले आज वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम - २०७९ सम्पन्न गरेको छ। स्कुलले संचालन गर्दै आएको उक्त कार्यक्रममा विभिन्न विधा र बिषयमा उत्कृष्ट ब्याक्तित्वहरुलाई पुरस्कार बितरण तथा सम्मान गरिएको हो।
कार्यक्रम दुई सत्रमा गरिएको थियो। जसमा पहिले औपचारिक र दोस्रो सत्रमा अनौपचारिक कार्यक्रमहरु गरिएको थियो।
औपचारिक कार्यक्रम स्कुलका शिक्षक निलोफर अन्सारीले संचालन गर्नुभयो साथै EIC का CEO तथा बिद्यालय कार्यदल संयोजक हरिप्रसाद काफ्लेको सभापतित्वमा प्रमुख अतिथि वृद्ध अवस्था व्यवस्थापन तथा सामाजिक कल्याण ,गूठी ,रविभवन (आमाघर ) कि दिल शोभा श्रेष्ठ रहनुभयो। त्यसैगरी बिशेष अतिथि EIC Education Network का अध्यक्ष शंकर दुलाल, आर्थिक प्रमुख रामप्रसाद पौडेल, क्याम्पस चिफ दिपक कुमार झा,एम डि मनाेज कुमार श्रेष्ठ , प्रिन्सिपल केबि चित्रकार ,भाइस प्रिन्सिपल यम कुमार लिम्बु लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा पञ्चकन्याद्वारा अतिथिहरुलाई फुल र मालाद्वारा स्वागत सम्मान गरिएको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट भएको हो भने प्रमुख अतिथिबाट दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। उक्त कार्यक्रममा सम्पूर्ण शिक्षक तथा कर्मचारीकाइ सम्मान गरिएको थियो भने कक्षा १० मा अध्ययनरत छात्रा क्यारोल तामाङले स्वागत भाषण गरेकी हुन् । कौरा नृत्यद्वारा कार्यक्रमलाई भब्य स्वागत गरिएको हो।
कार्यक्रममा सहायक प्रिन्सिपल एम बी लिम्बुले स्वागत मन्तव्य दिनुभयो। मन्तव्यमा उहाँले बिद्यालय सम्बन्धी गतिविधि माथि प्रकाश पार्नुभयो।
अभिभावक दिवसको अवसरमा विद्यालयका आर्थिक निर्देशक राम प्रसाद पौडेलले विद्यालयको भावी योजना बारे प्रकाश पार्नुभयो। उहाँले हाल कक्षा १० सम्म संचालन हुँदै आएको बिद्यालयलाई + २ सम्म लैजाने र भविष्यमा सिटिइभिटी र त्रिभुवन विश्वविद्यालयका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताउनु भयो। त्यसैगरी ब्यबस्थापकीय निर्देशक मनोज कुमार श्रेष्ठले शैक्षिक सुधारको बिषयमा आफ्नो धारणा ब्यक्त गर्नुभयो।

औपचारिक कार्यक्रमको अन्त्यमा विद्यालय कार्यदलका संयोजक तथा कार्यक्रमका सभापति हरि प्रसाद काफ्लेले अभिभावकले आफ्ना बालबालिकाहरुलाइ सकारात्मक मोटिभेसन गर्न सुझाव दिनुभयो। उहाँले विद्यालयका शिक्षकहरुले बालमैत्री शिक्षण गर्न आवस्यक पर्ने कुराहरुको बारे धारणा राख्नु भयो।
यस कार्यक्रममा विद्यालयले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रमको मेडल, प्रमाणपत्र लगाएत पुरस्कारहरु समेत वितरण गरिएको थियो।

काठमाडौ महानगर वडा नम्बर १३ कालिमाटिमा अवस्थित एभरेस्ट इनोभेटिभ सकुलमा हाल झन्डै चार सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन । स्कुलले आज श्रीपञ्चमीको अवसरमा नि:शुल्क भर्नाको ब्यबस्था गरेको थियो। यसक्रममा ५० जना भन्दा बढी विद्यार्थी भर्ना भएको विद्यालय कार्यदलका संयोजक हरि प्रसाद काफ्लेले बताउनु भयो।
अनौपचारिक कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने विभिन्न साँस्कृतिक नृत्य, गायन, प्रहसन लगाएत कार्यक्रमहरु संचालन गरेको थियो। अनौपचारिक कार्यक्रममा २७ वटा साँस्कृतिक कार्यक्रम हरु समेटिएको थियो जसमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागी जनाएका थिए।





