Jul 27 2026 | २०८३, श्रावण ११ गते

निक एकेडेमीको २१ औं वार्षिक उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न।

निक एकेडेमीको २१ औं वार्षिक उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न।

  • 1.2K
    SHARES

  • निक एकेडेमीको २१ औं वार्षिक उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न।

    फाल्गुन , २० काठमाडौँ – निक (NIC) एकेडेमीले २१ औं वार्षिक उत्सव कार्यक्रम भब्य कार्यक्रमको बिचमा सम्पन्न गरेको छ। काठमाडौँको नागार्जनु-२  सानोभर्याङमा रहेको उक्त एकेडेमीमा शनिबार एनआइसी छाताको २१ औ र निकको ११ औं वार्षिकोत्सब - २०७९ (21st Annual day of NIC Academy - 2079) कार्यक्रमको आयोजना गरी भब्य रूपमा सम्पन्न गरिएको हो ।20230304_145221.jpg

    उक्त कार्यक्रममा बिद्यालय कोअर्डिनेटर गणेश बन्जराले संचालन गर्नुभयो। कार्यक्रममा एकेडेमीका अध्यक्ष युवराज अधिकारीको सभापतित्वमा प्रमुख अतिथि प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमल्सिना ,अतिथिहरु प्राचार्य सुगन्ध राज रेग्मी , शान्ति कार्की , प्रमेश्वर पन्त तथा दिलिप रेग्मी, नागार्जुन नगरपालिका शिक्षा शाखा प्रतिनिधि  श्रीकृष्ण रेग्मी, नागार्जुन प्याब्सनका अध्यक्ष बाशुदेव घिमिरे लगाएत अभिभावकहरुको बिशेष उपस्थिति रहेको थियो।FB_IMG_1677941178362.jpg

    हरेक बर्ष गरिदै आएको एनआइसी वार्षिकोत्सब कार्यक्रम राष्ट्रिय गान संगै उद्घाटन गरिएको थियो भने बिद्यालयका प्राचार्य सुगन्धराज रेग्मिले स्वागत मन्तव्य राख्नुभयो। उहाँले हरेक बर्ष हुने यस्तो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सीप, तथा कला प्रस्तुत गर्ने भएकोले अभिभावकहरुले त्यसलाइ हेरेर सकारात्मक उत्प्रेरणा जगाउनु पर्ने धारणा राख्नुभयो। उहाँले विद्यार्थीको सर्बांगिण बिकासको लागि बार्षिक उत्सव कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

    निक एकेडमीमा विद्यार्थीहरुलाई गुणस्तरीय सिकाइ, सीप लगाएत अन्य रचनात्मक क्रियाकलापमा समेत प्रशस्त सहभागी गराइने भएकोले हरेक विद्यार्थी अतिरिक्त कृयाकलाप संगसंगै पढाइमा समेत अब्बल रहेको प्राचार्य रेग्मिले बताउनु भयो।20230304_111924.jpg

    त्यसैगरी कार्यक्रममा समाजसेवी तथा टोल सुधार समितिका अध्यक्ष होम बहादुर कार्किले बालबालिकाहरुलाई पढ्न भुकम्प रहित संरचनामा गुणस्तरीय शिक्षा दिने गरेको भन्दै एकेडमीले अभिभावकहरुको मन जितेको बताउनु भयो। शिक्षा पढ्नु मात्रै नभइ हाम्रो संस्कार संस्कृतलाई उजागर गर्नु र त्यसको जगेर्ना गर्नुपनि हो भन्दै आगामी दिनहरुमा अझ राम्रो गर्दै जानुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    वार्षिकउत्सब कार्यक्रमका प्रमुख अतिथी डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले बिद्यालयको वार्षिक उत्सव कार्यक्रम महत्वपूर्ण रहेको भन्दै अभिभावकहरुले आफ्नो बालबालिकाहरुको सृजना, सकृयता र कला हेर्न अनिवार्य उपस्थिति हुनुपर्ने र गम्भीरता पुर्वक हेरिदिनुपर्ने धारणा ब्यक्त गर्नुभयो। यस्तो कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने र त्यो प्रत्यक्ष अभिभावकले हेर्दा विद्यार्थीहरुमा सकारात्मक बिचारको बिकास हुने भन्दै पढाइ प्रती विद्यार्थीहरुको रुचि बढ्ने बताउनुभयो ।20230304_141829.jpg

    एक अर्को प्रसंगमा डा. तिमिल्सिनाले पढ्नमा अभिभावकहरुले दबाब दिन नहुने बरु उनिहरुको रुचिको बिषयमा पढ्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीलाई प्रबिधि संग टाढा राख्न नहुने बरु शिक्षालाई प्रबिधीमैत्री बनाइ प्रबिधिसंग घुलमिल बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

    अहिलोको संसार साँगुरिएको र मानिसहरुको लागि संसार खुला रहेको भन्दै हामिले सीपमुलक जनशक्तिलाई एक्स्पोर्ट गर्नुपर्ने बताउनुभयो। सीपमुलक जनशक्तिलाई एक्स्पोर्ट गर्न सक्यो भने मात्रै राज्यले राम्रो आम्दानी गर्न सक्ने र संगसंगै नेपाली युवाहरु बिदेश गएर दुख पाउदैनन उहाँले भन्नुभयो।

    वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले ४० वटा साँस्कृतिक कार्यक्रम (गीत , नृत्य, प्रहसन, उत्प्रेरणामुलक मन्तव्य लगाएत अन्य क्षमता प्रस्फुटन हुने कृति ) प्रदर्शन गरेका थिए।

    FB_IMG_1677942294999.jpg20230304_114129.jpg20230304_111331.jpg20230304_123249.jpgFB_IMG_1677943101223.jpg20230304_110838.jpg20230304_120643.jpg20230304_130031.jpg20230304_130706.jpg20230304_132850.jpg20230304_144750.jpgFB_IMG_1677943087712.jpg

    images
    शनिवार, फाल्गुण २० २०७९०९:१३:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार