आइतवार, फाल्गुण २१ २०७९
फागुन, २१ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षा २०८० बैशाख २६ देखि संचालन गर्ने भएको छ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) ले २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा बैशाख २६ देखि संचालन गर्ने भएको हो।
तालिका अनुसार परिक्षा वैशाख २६ गतेदेखि जेठ ४ गते सम्म संचालन हुनेछ । परिक्षा बिहान ८:०० देखि ११:०० बजे सम्म संचालन हुनेछ।
तालिका हेर्न तलको लिङ्क मा क्लिक गर्नुस। https://drive.google.com/file/d/1k176h_KE3YUoi46DiSTu9oFwbehodNb2/view?usp=drivesdk





