Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वर आवास माध्यामिक बिद्यालयले गर्यो बृहत् प्रदर्शनी । (तस्बिर सहित)

कुलेश्वर आवास माध्यामिक बिद्यालयले गर्यो बृहत् प्रदर्शनी । (तस्बिर सहित)

  • 1.2K
    SHARES

  • कुलेश्वर आवास माध्यामिक बिद्यालयले गर्यो बृहत् प्रदर्शनी । (तस्बिर सहित)

    फागुन, २७ काठमाडौ । सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित कुलेश्वर आवास माध्यमिक बिद्यालय (कसिस/KASES) ले बृहत प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ। KASES का आधारभुत तह देखी कक्षा १० सम्मका विद्यार्थीहरुले पढाइ संगसंगै गरेका अन्य रचनात्मक क्रियाकलाप तथा कामहरुको प्रदर्शनी गरेको हो।

    FB_IMG_1678543174363.jpg

    KASES ले हरेक बर्ष यस्तो प्रदर्शनी गर्दै आएको छ। KASES Exhibition - 2079 मा अभिभावक संगै स्थानिय भद्र भलाद्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम बिद्यालयका एकेडमी डाइरेक्टर प्रकाश भण्डारीले संचालन गर्नुभयो, भने प्राचार्य मेघराज दुलालले अभिभावक र विद्यार्थीहरुको बीच रिवन काटेर उद्घाटन गर्नु भयो।

    FB_IMG_1678543311149.jpg

    प्रदर्शनीमा विद्यार्थीले बनाएका विभिन्न प्रकारका कला र शिल्प, पेन्टिङ, प्रोजेक्ट वर्क पोर्टफोलियो, शैक्षिक सामाग्री र डकुमेन्ट्रीहरुको प्रदशनी गरेको थियो।

    विद्यार्थीहरुले बर्षभरी गरेका प्रोजेक्टहरु बिद्यालयले सुरक्षीत राखेको हुन्छ र त्यसलैलाई बिद्यालयले हरेक बर्ष प्रदर्शनीमा राखेको बिद्यालयका प्राचार्य मेघराज दुलालले बताउनुभयो। उहाँले यस्तो प्रदर्शनीबाट विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि हुने र सर्बांगिण बिकासको लागि उत्प्रेरित गर्ने बताउनुभयो।

    20230311_101633 (2).jpg

    यस्तो प्रदर्शनीबाट अभिभावकहरुले आफ्नो बालाबालिकाहरु बिद्यालयमा गएर के के गर्छन भन्ने कुरा अवलोकन गर्दछन र आफ्नो छोराछोरीहरुको सिर्जना देखेर खुशी हुन्छन् । यस्ता प्रर्दशनले उनिहरुको अन्तर्निहित क्षमताको पहिचान गर्ने मौका पाउने भएकोले अभिभावकहरुलाई समेत बोलाएर बृहत् रुपमा प्रदर्शनीको अवलोकन गर्ने गरेको प्राचार्य दुलालले बताउनुभयो। यो प्रदर्शनी विद्यार्थीहरुको लागि Exposure को राम्रो माध्यम बन्ने बिश्वास ब्यक्त गर्नुभयो।

    20230311_102704.jpg

    अभिभावकहरु हरेक स्टलमा राखेका चित्र, पेन्टिङ, लगाएत अन्य कला तथा सामाग्रीहरुको अवलोकन गर्दै आफ्नो बालबालिकाले बनाएका प्रोजेक्टहरु देखेर दंग देखिन्थे भने विद्यार्थीहरु आफुले सिर्जना गरेका प्रोजेक्टहरुको बारे अवलोकन गर्न आएका बिशिस्ट अतिथी तथा अभिभावकहरुलाइ सभ्यरुपमा ब्याख्या गरिरहेका देखिन्थे।

    20230311_103115.jpg20230311_103100.jpg20230311_102444.jpg20230311_100407.jpg20230311_101649.jpg

    20230311_102940.jpg20230311_100030.jpg20230311_100016.jpg20230311_100005.jpg20230311_095922.jpgFB_IMG_1678543142019.jpgFB_IMG_1678543218618.jpgFB_IMG_1678543187976.jpgFB_IMG_1678543202584.jpgFB_IMG_1678543251322.jpgFB_IMG_1678543233469.jpg

    images
    शनिवार, फाल्गुण २७ २०७९०८:११:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार