बुधवार, चैत्र ८ २०७९
चैत, ८ गते काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा आवेद फारम भर्न सूचना जारी गरेको छ। सिटिइभिटी परीक्षा नियनत्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नयमित आंशिक परीक्षाको आवेदन फाराम भर्न सूचना जारी गरेको हो।
२०८० बैशाखमा संचालन हुने परिक्षाका लागि परिषदका आंगिक, साझेदारी, सामुदायिक बिद्यालय र नीति स्तरमा संचालित शिक्षालयहरुमा विभिन्न विषयको प्रथम बर्ष, प्रथम खण्डको नियमित परीक्षाको आवेदन फाराम भर्न जानकारी दिएको छ।
त्यसैगरी विशेष प्रविधि शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७५ देखि भर्ना भई रजिस्ट्रसन कायम भएका प्रशिक्षार्थीहरुले प्रथम खण्ड, प्रथम वर्षको आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न पाउने छन् । परीक्षार्थीहरुले २०८० बैशाख ३ गतेभित्र अवेदन बुझाउनु पर्ने छ ।
परीक्षा आवेदन फारम २०७९ चैत २२ गते सम्म नियमित तथा सोही २९ गते बुधबार सम्म बिलम्ब शुक्ल तिरी भर्न सकिने सुचनामा जानकारी दिएको छ।
