बुधवार, चैत्र २२ २०७९
चैत, २२ काठमाडौ । महोत्तरीको पिपरा गाउपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुमा विभिन्न तहका लागि करार शिक्षक नियुक्ति गर्ने भएको छ। पालिकाले मावि/ निमावि तहका लागि शिक्षक आवश्यकता रहेकोले करार शिक्षक नियुक्ति गर्न लागेको हो।
शिक्षक सेवा आयोगले २०७८ मंसिर २९ गते प्रकाशन गरेको माध्यामिक तह र सोही पुस ७ गते प्रकाशन गरेको निमावि तहको शिक्षक पदको बिज्ञापनमा शिक्षक सेवा आयोगले मिति २०७९ पुस २० गते गरेको मावि र माग २६ गते गरेको निमावि तह तृतीय श्रेणी शिक्षक पदको करार योग्यताक्रम सुचिमा नाम समावेश भएका उमेदवारहरुलाइ यो सुचना प्रकाशित भएको १५ दिन भित्र तोकिएको कागजात सहित आवेदन दिन सकिने छ।
यदि तोकिएको समयमा आवेदन नपरेमा गाउपालिका शिक्षक परिचालन कार्यविधि २०७९ बमोजिम खुल्ला प्रतिस्पर्धा गरिने सुचनामा उल्लेख गरिएको छ।
