Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ बर्नहार्टले गर्यो कक्षा १२ का विद्यार्थीको बिदाई।

काठमाडौ बर्नहार्टले गर्यो कक्षा १२ का विद्यार्थीको बिदाई।

  • 692
    SHARES

  • काठमाडौ बर्नहार्टले गर्यो कक्षा १२ का विद्यार्थीको बिदाई।

    काठमाडौ बर्नहार्ट कलेजले कक्षा १२ का विद्यार्थीहरुलाइ बिदाइ कार्यक्रम गरेको छ। कलेजले सोल्टिमोड स्थित कालिमाटी ब्याङ्क्विटमा एक भब्य कार्यक्रमका बिच विद्यार्थीहरुलाई बिदाइ (FAREWELL - 2079) गरेको हो।

    काठमाडौको बल्खुमा अवस्थित काठमाडौ बर्नहार्ट कलेजले गरेको उक्त कार्यक्रममा कलेजका फाउन्डर अध्यक्ष भुपेस छत्कुलि सभापति तथा त्रिभुवन बिश्वबिद्धालय क्यामेस्ट्री डिपार्टमेन्टका Prf. Dr. राजाराम प्राधानाङ्ग प्रमुख अतिथिको रुपमा रहनुभयो ।FB_IMG_1680876545559.jpg

    त्यसैगरी विशेष अतिथी चाइना एकेडमी अफ साइन्स (Chaina Academy of Science) का प्रोफेसर डाक्टर जिङ्ज्याङ लि, Founding Director प्रोफेसर डा. नारायण प्रसाद चापागाईं, Managing Director डाइरेक्टर नवराज अधिकारी, Executive Director पुरुसोत्तम बिष्ट, प्रिन्सिपल अमृत बाबू भट्ट, कलेज प्रमुख सहदेव सिग्देल, प्रसाशनिक प्रमुख रामप्रसाद थापा, पुर्व विद्यार्थी महेश पाठक, लगाएत विभिन्न Department Head र शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।20230407_135040.jpg

    कार्यक्रममा बिशेष अतिथिहरुले मन्तव्य राखेका थिए। मन्तव्यको क्रममा बर्नहार्ट कलेज (बाफल) का प्रमुख सहदेव सिग्देलले कक्षा १२ पढाइ सकेपछी बल्ल करियरको सुरुवात हुने बताउनुभयो। उहाँले कक्षा १२ पढी सकेपछि विद्यार्थीहरुलाइ बर्नहार्ट कलेज (बाफल) मा स्वागत गर्न तयार रहेको बताउनुभयो। उहाँले कक्षा १२ मा बर्नहार्ट पढेका विद्यार्थीहरुलाई बाफल स्थित कलेजमा BSc.CSIT, BCA, BBAM, BSW, BBS लगाएत बिषयमा अध्ययन गर्न आउदा भर्ना शुल्क नलाग्ने तथा कक्षा १२ मा ३.९२ GPA ल्याउने एक /एक जनलाइ विद्यार्थीलाई हरेक फ्यकल्टिमा नि:शुल्क छात्रवृत्तिको व्यवस्था मिलाउने जानकारी दिनुभयो। साथै उहाँले कलेजले दिने हरेक प्रकारका ट्रेनिङहरु समेत नि:शुल्क उपलब्ध गर्ने बताउनुभयो।20230407_142123.jpg

    मन्तव्य कै क्रममा Founding डाइरेक्टर प्रोफेसर डाक्टर नारायण प्रसाद चापागाईंले कक्षा १२ पछि विद्यार्थीहरुले आफू चाहेको बिषयमा गहन अध्यायनको लागि खुला रहेको बताउनुभयो। उहाँले तपाईं जीवनमा के गर्न चहाहुन्छ त्यसको लागी आफ्नो भविष्य कता लाने भविष्यमा कस्तो कामका लागि आफू दक्ष बन्ने र अभिभावकको चाहनाअनुरुप कसरी अघि बढ्ने भन्ने विषयमा गन्तव्य सुनिश्चित गर्न बिश्वबिद्धालयतहको ढोका खुला रहने बताउनुभयो। उहाँले जीवन सफल बनाउन जस्तोसुकै कठिनाइ पनि भोग्न तयार हुनुपर्ने भन्दै त्यसकोलागी साथ चाहिएकोबेला अफुहरु विद्यार्थीसंगै हुने बताउनुभयो।20230407_143600.jpg

    कार्यक्रममा बिशेष अतिथिको रुपमा रहनुभएको पुर्व विद्यार्थी (CA Complete) महेस पाठकले गुरुहरुले दिएको ज्ञानले आफुले यो स्थान बनाउन सफल भएको बताउनु भयो। उहाँले बर्नहार्ट्बाटै आफ्नो जिवनको करियर शुरु भएको बताउदै कलेजप्रती सद्भाव र कृतज्ञता प्रकट गर्नुभयो।

    त्यसैगरी बर्नहार्ट कलेजका प्रिन्सिपल अमृत बाबू भट्टले कक्षा १२ पछि विद्यार्थीसँग धेरै विकल्प हुन्छन् जसलाई पढाइ र सुरक्षित चरित्र निर्माणका दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो। एक उदाहरण दिदै उहाँले धानको बेर्ना बेडमै धान नफल्ने र त्यसकोलागी बेडबाट खेतमा रोप्नुपर्ने जस्तै विद्यार्थीहरुको बिश्वबिद्धालय शिक्षाकोलागि बिदाइ गरेको बताउनुभयो।20230407_152356.jpg

    प्रिन्सिपल भट्टले विद्यालय तह पार गरिसकेपछि बिश्वबिद्धालय तह आफूले रोजेको विषय र त्यसमा हासिल गर्ने दक्षताले नै एक सफल नागरिक बन्ने अवसर प्राप्त हुने बताउनुभयो। त्यसको लागी कक्षा १२ का विद्यार्थीहरु योग्य रहेको भन्दै नयाँ करियरको लागि शुभकामना दिनुभयो।

    एक अर्को सन्दर्भमा प्रिन्सिपल भट्टले स्कुल/ कलेज सिकाएको ज्ञान, सीप र क्षमता परिवार, समाज र देशको निर्माणमा लगाउन पर्ने कुरामा कुनै सर्त राख्न नहुने बताउनु भयो। त्यसको लागि विद्यार्थीहरुले कठिन मिहिनेत गर्नुपर्ने भन्दै बिश्वबिद्धालय शिक्षा सफलताको शुभकामना दिनुभयो।

    बिदाइ कार्यक्रमको अन्तिममा सभापती तथा कलेजका अध्यक्ष भुपेस छत्कुलिले कक्षा १२ अध्यायन सकेपछी सुनौलो भविष्य निर्माण गर्न नयाँ संसारमा प्रवेश गर्ने बताउनुभयो। उहाँले कक्षा १२ पछि विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने विभिन्न विकल्प रहेको भन्दै विद्यार्थी आफूले रोजेको विषय र त्यसैमा दक्षता तथा करियरको सिनिश्चिता हासिल गर्न कठिन मिहेनत गर्नुपर्ने बताउनुभयो। उहाँले बाघ सानै प्राणी रहेपनी आफ्नो चतुर्‍याइँको कारणले जंगलको राजा बनेजस्तै विद्यार्थीहरु समेत स्मार्ट रहनुपर्ने धारणा राख्नुभयो।20230407_160214.jpg

    कार्यक्रममा कलेजले विद्यार्थीहरुलाइ विभिन्न बिधामा प्रमाणपत्र समेत बितरण गरेको थियो।

     

    FB_IMG_1680876561885.jpg20230407_154052.jpg20230407_154118.jpg20230407_154108.jpg

    FB_IMG_1680876553905.jpg20230407_141320.jpgFB_IMG_1680876551578.jpg20230407_144404.jpg20230407_151747.jpg20230407_155537.jpg

    images
    शुक्रवार, चैत्र २४ २०७९०७:५८:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार