शनिवार, बैशाख ९ २०८०
बैशाख, ८ काठमाडौ । ककनी गाउँपालिकाकाले पालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । गाउपालिकाले पालिका भित्रका सबै जनप्रतिनिधि, कर्मचारी, सामुदायिक बिद्यालयका शिक्षक, ब्यबस्थापन समितिका अध्यक्षहरुलाइ पत्राचार गर्दै यस्तो निर्णय गरेको हो।
ककनी गाँउपालिकाको मिति २०८० बैशाख ८ गते बसेको बैठकले सामुदायिक बिद्यालयप्रतिको अपनत्व बढाइ शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गाउपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी, सामुदायिक बिद्यालयका शिक्षकहरु, ब्यबस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका कार्यकारी समितिका पदाधिकारीहरु अनिवार्यरुपमा आफ्ना सन्ततिहरुलाइ शैक्षिकसत्र २०८० देखि कम्तिमा कक्षा १० सम्म सामुदायिक बिद्यालयमा पठनपाठन गर्न गराउन अनुरोध गरेको छ।
पालिकाले तोकिएका पदाधिकारीहरुको बालबालिकाहरुको भर्ना विवरण २०८० बैशाख १५ गते सम्म संकलन गरि कार्यन्वयन गर्ने गराउने र निर्णय कार्यन्वयन नगर्ने पदाधिकारीहरुको हकमा पालिका बाट प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधा रोक्का गर्ने निर्णय समेत गरेको छ।
