Oct 08 2026 | २०८३, आश्विन २२ गते

कक्षा १२ को शुल्क बुझाउन नसक्दा सालबास माविका विद्यार्थीद्वारा आत्म'हत्या; बिद्यालय भन्छ घर्‍यासी कारण ।

कक्षा १२ को शुल्क बुझाउन नसक्दा सालबास माविका विद्यार्थीद्वारा आत्म'हत्या; बिद्यालय भन्छ घर्‍यासी कारण ।

  • 543
    SHARES

  • कक्षा १२ को शुल्क बुझाउन नसक्दा सालबास माविका विद्यार्थीद्वारा आत्म'हत्या; बिद्यालय भन्छ घर्‍यासी कारण ।

    बैशाख, २५ गते काठमाडौ । कक्षा १२ को शुल्क बुझाउन नसक्दा एक जना विद्यार्थीले आत्महत्या गरेका छन। धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका ७ चैनपुरस्थित सालबास माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १९ बर्षिय जित बहादुर बयलकोटिले आत्महत्या गरेका हुन्।

    स्रोतका अनुसार बयलकोटी परिक्षाको तयारीमा रहेका र उनिसंग परिक्षा शुल्क तिर्ने रकम समेत नभएपछी आत्मह'त्याको बाटो रोजेको बताइएको छ । भोली अर्थात वैशाख २६ गतेदेखि शुरु हुने परिक्षाका लागि विद्यार्थीले परिक्षा शुल्क तिरेर प्रवेश पत्र लिनुपर्छ तर, उनीसँग उक्त शुल्क नभएपछि विद्यालयका प्रधानाध्यापक बलाराम ईटनीले प्रवेश पत्र नदिएको भनिएको छ।

    जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले दिएको उजुरी अनुसार इटनीले पहिले पैसा ल्याउ अनि भोली प्रवेश पत्र लिएर जाउ भनेपछि घर गएका बयलकोटीले सोही रात आत्महत्या गरेका उल्लेख गरिएको छ। उनीहरुले प्रअ इटनी विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिने समेत तयारी गरेका छन् ।

     

    यस सन्दर्भमा बिद्यालयले समेत बिज्ञप्ति जारी गरेको छ। बिद्यालयले जारी गरेको बिज्ञाप्तिमा बिद्यालयले न्युनतम शुल्क लिएर पढाउने गरेको कुरा सत्य भएको तर शुल्क बिना परीक्षा दिन कसैलाई पनि बन्चित नगरेको बताएको छ।

    बिद्यालयले बिद्यालयको कारण नभई विद्यार्थी लामो समय देखि घरायसी कारणले नै तनाबमा भएको र घरमा झगडा परेको कुरा विद्यार्थीबाट सुनिएकोले घटना हुनमा त्यो कारण नै प्रमुख हुनसक्ने उल्लेख गरेको छ।

    यस्तो छ बिद्यालयबाट जारी बिज्ञप्ति ।

    FB_IMG_1683557715636.jpg

    images
    सोमवार, बैशाख २५ २०८००८:११:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार