बिहिवार, बैशाख २८ २०८०
बैशाख, २८ काठमाडौँ । चितवन मेडिकल कलेजमा परिक्षानियन्त्रकले परीक्षा हलमा चिट चोरेको भन्दै हलबाट बाहिर निकालेपछि एक्जना छात्राले आत्महत्या गरेकी छन। चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले कोठामा झुन्डिएर आत्महत्या गरेकी हुन्।
मृत्यक सिम्रन पाल्पा रामपुर स्थायी ठेगाना भई पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए । जिल्ला प्रहरी कार्यालय चितवनबाट ५०० मिटर उत्तरमा सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।
उक्त घटना घटेसी चितवन मेडिकल कलेजका विद्यार्थीहरूले प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले गालीगलौज गर्दै परीक्षाकोठाबाट निकालेपश्चात् मानसिक तनाब सहन नसकेर एक छात्राले आफ्नो जीवन अन्त्य गर्ने कठोर कदम चाल्न बाध्य भएको जनाइएको छ । विद्यार्थीहरूले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।

