Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सेवा आयोगद्वारा मावि लाइसेन्सको विज्ञापन आह्वान। (यसरी भर्नुस् आवेदन)

शिक्षक सेवा आयोगद्वारा मावि लाइसेन्सको विज्ञापन आह्वान। (यसरी भर्नुस् आवेदन)

  • 963
    SHARES

  • शिक्षक सेवा आयोगद्वारा मावि लाइसेन्सको विज्ञापन आह्वान। (यसरी भर्नुस् आवेदन)

    बैशाख, ३१ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ ।  आयोगको बैशाख २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम  आवेदन माग गरेको हो ।

    आयोगका अनुसार न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि २०८० बैशाख ३१ गते देखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली  http://license.tsc.gov.np मार्फत दरखास्त फारम भर्म सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

    सुचना अमुसार अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन– संशोधन तथा थपघट गर्न नसकिने र व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरू सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिनुपर्ने उल्लेख गरेको छ। यदि भरेको विवरण पछि फरक परेमा वा पर्न गएमा व्यक्ति स्वयं जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धमा आयोगबाट कुनै पनि कारवाही हुन नसक्ने सूचनामा उल्लेख छ ।

    विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1684026720288.jpg

    FB_IMG_1684028007986.jpg

    images
    आइतवार, बैशाख ३१ २०८००७:१२:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार