Oct 08 2026 | २०८३, आश्विन २२ गते

आजबाट अनलाइबाटै एनओसी ।

आजबाट अनलाइबाटै एनओसी ।

  • 428
    SHARES

  • आजबाट अनलाइबाटै एनओसी ।

    जेठ, १ काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी/NOC) आजदेखि अनलाइनबाटै जारी गर्ने भएको छ । शाखाले सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने उदेश्यले अनलाईनबाट एनओसी जारी गर्ने भएको हो ।

    वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम अनलाईनबाट एनओसी जारी गर्ने वैदेशिक अध्यायन अनुमती शाखाले जानकारी दियो। साखाका अनुसार एपीआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी अनलाइनबाटै एनओसी जारी गर्नेछ । एपीआई मोडल अन्तर्गत सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी अनलाइन रुपमा आवेदकले प्रविष्ट गरेका कागजातहरूको अटोनोमस भेरिफिकेशन  गरी एनओसी प्रदान गर्ने छ ।

    विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए नलिएको विवरण बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई उपलब्ध हुने युजर एकाउन्ट डिटेल्स् प्रयोग गरी अनलाइनमा नै सबमिट गर्ने व्यवस्था गरेको छ ।

    बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट) सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिकाको दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरेर वैदेशिक अध्ययन स्वीकृती पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाइ क्यास लेस, फेस लेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ । शाखाले २०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन रुपमा एनओसी प्रदान गर्दे आईरहेको थियो।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार