Oct 08 2026 | २०८३, आश्विन २२ गते

गाउँपालिका प्रमुखले आफै गरेको निर्णयमा क्याम्पसलाई बदनाम गर्दै ।

गाउँपालिका प्रमुखले आफै गरेको निर्णयमा क्याम्पसलाई बदनाम गर्दै ।

  • 394
    SHARES

  • गाउँपालिका प्रमुखले आफै गरेको निर्णयमा क्याम्पसलाई बदनाम गर्दै ।

    १ जेठ, रबिन्द्र यादव / नवलपरासी पश्चिम । त्रिभुवन क्याम्पस प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित बेलाटारीले छात्राहरुलाई साइकल वितरणमा सिफारिस लिने क्रममा जनही छात्रा ५ सय रुपैयाँ असुलेको भनी प्रतापपुर गाउँपालिकाले कपोकल्पित तथ्यहिन प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार क्याम्पस संचालकले पत्रकार सम्मेलन समेत आयोजना गरी गाउँपालिकाले क्याम्पसलाई बदनामी गर्ने प्रयास गरेको बताइएको हो । 

    त्रिभुवन क्याम्पस बेलाटारीका क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमुल कुमार पाण्डेले एक विज्ञप्ति समेत जारी गरी गाउँपालिकाको अभिव्यक्ति प्रति घोर भत्र्सना तथा खेद प्रकट गरेको छ। अध्यक्ष पाण्डेद्वारा जारी गरीएको प्रेस विज्ञप्तिमा हालका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव उक्त क्याम्पसको सञ्चालक समितिको सदस्य भएको समयमा नै अन्य सिफारिस दस्तुर वापत १ हजार रुपैयाँ लिने भनी निर्णय गरेको जनाइएको छ ।

    विस. २०७३ असार २० गते तत्कालिन क्याम्पस सञ्चालक समितिको अध्यक्ष केदारनाथ पाण्डे रहँदा सोही समितिको सदस्यको रुपमा यादव समेत रहनुभएको र उक्त निर्णयमा यादवको समेत हस्ताक्षर भएको क्याम्पसले जनाएको छ । साथै त्यसरी निर्णय गरिएको दस्तावेज समेत पत्रकारहरु सामु सार्वजनिक गरिएको छ ।

    पत्रकार सम्मेलनमा क्याम्पस संचालक समिति अध्यक्ष पाण्डेले उमेशचन्द यादवले आफ्नै कार्यकालमा गरेको निर्णय बिर्सेर हालको क्याम्पस प्रशासनलाई बदनाम गर्न खोजेको आरोप लगाउनु भएको हो । त्यस्तै मिति २०७७ कात्तिक २२ गते तत्कालिन नितेष गुप्ता नेतृत्वको क्याम्पस संचालन समितिको वैठकले सिफारिस दस्तुर १ हजार बाट घटाएर ५ सय रुपैयाँ कायम गरेको र सोही अनुसार नै रकम लिइएको दावी क्याम्पस प्रमुख मनोजधर द्विवेदीले बताए ।

    आफूहरुले तत्कालिन समितिको निणर्य अनुसार नै सिफारिस दस्तुर लिएको तर, आफूहरुलाई बदनाम गर्ने प्रयास गाउँपालिका प्रमुखले गरिरहेको गुनासो क्याम्पस प्रमुख द्विवेदीले गर्नुभएको हो ।

    गत शुत्रबार प्रतापपुर गाउँपालिकाले पालिका भित्र रहेका स्नातक तह प्रथम वर्ष अध्ययनरत १ सय २० जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको थियो । जस अन्तरगत त्रिभुवन क्याम्पस बेलाटारीका ७७ जना छात्राहरुले साइकल प्राप्त गरेका थिए भने साइकल प्राप्त गर्ने उद्देश्यले ७८ जना छात्राहरुले क्याम्पसबाट सिफारिस लिएका थिए ।

    क्याम्पसले ति विद्यार्थीहरु सो क्याम्पसमा अध्ययन गरेको सिफारिस वापत जनही ५ सय रुपैया शुल्क लिएको थियो । उक्त रकम असुल गरिएको भनी साइकल वितरण समारोहमा गाउँपालिका अध्यक्ष यादवले आफूहरुले निःशुल्क साइकल वितरण गरेको तर, त्यसका नाममा क्याम्पसले रकम असुली गरेर छात्राहरुलाई आर्थिक भार पारेको आरोप लगाउनुभएको थियो ।  त्यस्तै उक्त समारोहमा ५ सय रुपैयाँ असुल गरी विद्यार्थीहरुलाई रसिद समेत नदिइएको र क्याम्पसले आर्थिक अपचलन गरेको आरोप समेत लगाइएको थियो ।

    क्याम्पस प्रमुख तथा संचालक समितिले भने आफूहरुले नियमअनुसार रकम लिएको र त्यस वापतको रसिद सबैलाई दिइएको भनी रसिदको प्रतिलिपी समेत सार्वजनिक गरेको थियो ।

    त्यस्तै क्यापसले ‘क्युएए’ पक्रियामा जाँदै गर्दा जग्गा विवाद तथा पैसाको विवाद सिर्जना गरी गाउँपालिका र सँगै रहेको त्रिभुवन नमुना माविले समेत हस्तक्षेप गरिरहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

    त्यस्तैगरि त्रिभुवन क्याम्पस बेलाटारीको स्वतन्त्र विद्यार्थी युनियनले समेत विज्ञप्ति जारी गर्दैै गाउँपालिका अध्यक्षले आफ्नै कार्यकालमा र आफ्नै हस्ताक्षरमा गरेको निणर्य विरुद्ध अभिव्यक्ति दिएर क्याम्पसको बदनामी गर्न खाजेको आरोप लगाएको हो । युनियनका अध्यक्ष कमलेश पासीको हस्ताक्षर प्रेस विज्ञप्तिमा सो विषयमा जाचबुझ गर्दा आर्थिक कारोबार चुस्तदुस्त रहेको पाइएको उल्लेख गरेको छ । उक्त क्याम्पस संचालक समिति पाण्डेले राजनैतिक पुर्वाग्रह राखेर क्याम्पसलाई असफल बनाउने षड्यन्त्र भइरहेको समेत बताए ।

    received_3144955929130522.jpegreceived_1456892141782277.jpeg

    images
    सोमवार, जेठ १ २०८००१:३४:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार