आइतवार, जेठ ७ २०८०
जेठ, ७ गते । कालिकोटमा गत हप्ता आइतबार साझा आएको हावाहुरीले जिल्लाका धेरै विद्यालयमा क्षति पुराएको छ। हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन बन्द भएर प्रभावित भएको हो।
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका- १ लुसाको अम्बिका आधारभूत विद्यालयको छाना उडाएपछि विद्यालय बन्द भएको छ। चौरमा राखेर पठनपाठन सुचारु गर्न समेत कठिन भएकोले पठनपाठन बन्द गर्नुपरेको बताएको छ।
गाउँपालिका उपाअध्यक्ष पार्वती सिंह सञ्ज्यालका अनुसार विद्यालयको छाना पूरै उडाएकोले तत्काल विद्यालय सञ्चालन हुने अवस्था समेत नभएको बताउनुभयो। उहाँले जतिसक्दो छिटो छाना मर्मतका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो । उहाँका अनुसार पालिका भरी १८ विद्यालयमा हावाले क्षति पुर्याएको र सबैभन्दा बढी सेती अम्बिका आधारभूत बिद्यालयमा पुगेको बताउनु भयो। गोरखापत्र बाट।
त्यसैगरी दैलेखको आठबिस नगरपालिका-७ स्थित जनता आधारभूत विद्यालयको हिजो शनिवार साँझ आएको हावाहुरीले ३ कोठे भवन र कार्यालयको छाना उडाएको छ ।