Oct 09 2026 | २०८३, आश्विन २३ गते

चन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य मधुसूदन कर्णको दोहोरो नागरिकता।

चन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य मधुसूदन कर्णको दोहोरो नागरिकता।

  • 374
    SHARES

  • चन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य  मधुसूदन कर्णको दोहोरो नागरिकता।

    बिनोद मण्डल जेठ ८ । सिराहाको चन्द्रोदय - २ का चन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य मधुसूदन कर्णको दोहोरो नागरिकता भेटिएको छ। उनले फरक फरक जन्म स्थानबाट नागरिकता प्राप्त गरेको प्रमाण फेला परेको हो।

    सिरहाको चन्द्रोयपुर २ जन्म स्थान भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएको मधुसुधन कर्णले विक्रम सम्वत २०४२/४/२० मा जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२१ साल लेखिएको छ , भने उनै व्यक्तिले पुन जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२८/२/१ जन्म स्थान विष्णुपुर प्र . रा. देखिएको अवस्था रहेको देखिन्छ जहां दुबै प्रमाण पत्रमा बाबुको नाम तेज नारायण लाल कर्णनै राखिएको छ ।FB_IMG_1684576771318.jpg

    त्यसैगरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरीकता प्रमाणपत्र लिएका मधुसुधन कर्णको छिमेकी राष्ट्र भारतको समेत प्रमाण पत्र देखिएको छ।FB_IMG_1684576761301.jpgFB_IMG_1684576763270.jpg

    FB_IMG_1684576769534.jpg

    एउटै व्यक्ति एकातिर फरक फरक जन्म मिति अनुसार नागरिकता लिएको र अर्कोतिर भारतीय प्रमाण पत्र लिएका कर्णको प्रमाणपत्रमा समेत बाबुको नाम तेज नारायण लाल कर्ण नै लेखिएको छ । नागरिकता लिएर पनि नेपाली सरकारी सेवा सुविधा लिइरहेको अवस्थामा हालसम्म सिरहाको प्रशासनिक निकायले ध्यान नदिनु चिन्ताको विषय रहेको देखिन्छ ।FB_IMG_1684576765152.jpg

    नागरीकता प्रमाणपत्र सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारी ज्युलाई टेलिफोन समपर्ग गर्दा आफूलाई यस सम्बन्धमा कुनै जानकारी नभएको जानकारी दिनु भएको छ भने कर्णलाई टेलिफोन सम्पर्ग गर्दा रिङ गएपनि फोन उठाउनु भएन ।

    यसरी नेपाल सरकारको कर्मचारीको दोहोरो नागरिकता सुदा समेत सरोकार वाला निकाय वर्षौ देखी चुप चाप बसेको स्थानियको गुनासो छ। : स्रोत सम्बादाता बिनोद मन्डल हुन्। 

    FB_IMG_1684576754646.jpgFB_IMG_1684576756705.jpgFB_IMG_1684576758629.jpgFB_IMG_1684576767444.jpg

    images
    सोमवार, जेठ ८ २०८००८:२६:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार