बुधवार, जेठ १० २०८०
जेठ १० गते काठमाडौं। असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल सरकारकि प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार अनिवार्य निशुल्क शिक्षा ऐन जारी भएको दिन असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको बताउनु भयो।
यसअघि अन्तर्राष्ट्रिय साक्षरता दिवस सेप्टेम्बर ८ तारिखका दिन राष्ट्रिय शिक्षा दिवस मनाइने गरिन्थ्यो ।