बिहिवार, जेठ ११ २०८०
जेठ, ११ गते धनगढी । कैलालीमा शिक्षक नहुदा पठनपाठनमा समस्या भएको भन्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिकामा -४ गणेशपुरमा रहेको सिताकुण्ड माध्यामिक बिद्यालय तालाबन्दी गरेको हो।
बिप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एक बिज्ञप्ति जारी गरिराजनीति भागबण्डा नमिलेका कारण लामो समयदेखि विद्यालयमा गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या भइ विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको बताइएको छ।
विद्यार्थीहरुले पटक-पटक माग राख्दा समेत विद्यालय प्रशासनले कुनै पहल नगरेको क्रान्तिकारीले आरोप लगाएको छ। गणित विषयको शिक्षक छनौट गरी विद्यार्थीको पठनपाठन सहजीकरण गर्न संगठनले अपिल गर्दै विद्यालय प्रशासन गम्भीर नभए कडा संघर्ष गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
