Oct 09 2026 | २०८३, आश्विन २३ गते

गैरकानुनी सामुहिक सरुवा र अभद्र व्यबहार विरुद्ध शिक्षक आन्दोलित।

गैरकानुनी सामुहिक सरुवा र अभद्र व्यबहार विरुद्ध शिक्षक आन्दोलित।

  • 1.6K
    SHARES

  • गैरकानुनी सामुहिक सरुवा र अभद्र व्यबहार विरुद्ध शिक्षक आन्दोलित।

    जेठ, १३ महोत्तरीको। अभद्र व्यबहार गरेको भन्दै शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर पठनपाठन गर्दै बिरोधमा उत्रिएका छन। गौशाला नगरपालिकाले गैरकानुनी सरुवा तथा शिक्षकहरू माथि गरेको अभद्र व्यवहारको विरोधमा कालोपट्टी बाँधेर बिरोधमा उत्रिएका हुन।

    नगरपालिकाले मिति २०८० जेठ २ गतेका दिन एकमुष्ट रुपमा ९९ जना शिक्षकहरुको गैरकानुनी रुपमा सरुवा गरि शिक्षा ऐन २०२८ र नियमावली २०५९ को धज्जी उडाउदै नगरपालिका भित्रको सम्पुर्ण शिक्षा ब्यबस्था बिथोल्ने गरि गरेको सरुवाको बिरोध गरेको जनाएको छ।

    नगरपालिका प्रमुखले मनपरी गुण्डागर्दी तरिकाले छापामार शैलिमा बिद्यालयहरुमा गई प्रधानाध्यापक तथा शिक्षकहरुलाई थर्काउने, धम्क्याउने जस्ता निन्दनीय काम गर्दै आएको तथा त्रिभुवन मावी र कालिपुर आधारभूत बिद्यालयमा हात समाएर जवरजस्ती कार्यकक्षबाट बाहिर निकाल्ने कार्यले शिक्षकप्रती अमर्यादित ब्यबाहार भएकोले बिरोध गर्नुपरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    यस्तो छन बिरोध कार्यक्रमहरु :

    १: २०८० जेठ १२ गते हातमा कालोपट्टी बाँधेर पठनपाठन गर्ने।

    २: जेठ १४ गते १ घण्टा चक डाउन गर्ने।

    ३: जेठ १६ देखि १८ गते सम्म १ बजे देखि ४ बजे सम्म गौशाला नगरपालिकामा धर्ना दिने ।

    ४: जेठ १९ गते पठनपाठन बन्द गरि गौशाला नगरपालिकामा धर्ना दिने।

    ५: जेठ २१ गते देखि गौशाला नगरपालिकाका सम्पुर्ण बिद्यालय बन्द गर्ने।

    FB_IMG_1685067238956.jpg

    images
    शुक्रवार, जेठ १२ २०८००९:३१:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार