सोमवार, जेठ १५ २०८०
जेठ, १५ काठमाडौ । नेपाल सरकारले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि विनियोजन गरेको छ।
आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कुल बजेटको १ प्रतिशत बजेट अर्थात १ अर्व बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विनियोजन गरेका हुन्।
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत छुट्टै निकाय बनाएर कार्यक्रम कार्यान्वयमा ल्याइने अर्थमन्त्री डा.प्रकाशशरण महतले घोषणा गरेका छन् ।