सोमवार, जेठ १५ २०८०
जेठ, १५ काठमाडौ। नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले कुल बजेटको ११.२७ प्रतिशत अर्थात १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरिएको हो। अघिल्लो वर्ष १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो।
अर्थमन्त्री डा. महतले आधारभूत तहका शैक्षिक योग्यता शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन तथा स्तरोन्नती गरिने समेत बताए । साथै सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहको कार्यसम्पादन करार गरी कार्यसम्पादन स्तरलाई वृत्ति विकाससँग आबद्ध गर्ने व्यवस्था गरिने छ ।
शिक्षाको गुणस्तरका लागि विद्यालय स्रोत केन्द्रलाई नयाँ स्वरुपमा पुनर्स्थापना गरी शिक्षण अवलोकन, नमूना शिक्षण, पुनर्ताजगी लगायतका कार्यक्रम सन्चालन गरिने छ । शैक्षिक सत्र सुरु हुनु अगावै सामुदायिक विद्यालयहरुका सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक र विद्यालयमा पाठ्यपुस्तक तथा पाठ्यक्रमको विद्युतीयप्रति पनि उपलब्ध गराइने छ । यस कार्यक्रमको लागि रु तीन अर्ब ५८ करोड बजेट छुट्याइएको अर्थमन्त्री महतले जानकारी दिए ।
त्यसैगरी आधारभूत तह प्रवेशको आधार वालविकास कक्षाको नक्सांकन गर्ने भएको छ । वालविकास कक्षाको नक्सांकन गरिने आधारभूत तह प्रवेशको आधार वालविकास कक्षाको नक्साकन गर्ने भएको छ छ। यसैगरी खुला प्रतिस्पर्धाबाट प्रधानान्याधापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारले जनाएको छ ।
त्यस्तै छात्राहरुलाई निशुल्न सेनेटरी प्याड वितरण गरिनेछ, जसको लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको छ ।