Oct 09 2026 | २०८३, आश्विन २३ गते

५ जिल्लामा नमुना आवासीय बिद्यालय स्थापना गरिने।

५ जिल्लामा नमुना आवासीय बिद्यालय स्थापना गरिने।

  • 573
    SHARES

  • ५ जिल्लामा नमुना आवासीय बिद्यालय स्थापना गरिने।

    जेठ १५, काठमाडौं । सरकारले ५ जिल्लामा नमुना आवासीय बिद्यालय स्थापना गर्ने भएको छ। आर्थिक २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी ५ जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको हो।

    त्यसको लागि मन्त्री महतले धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक/एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने बताएका छन।

    अर्थमन्त्री महतले शैक्षिक गुठीमार्फत नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने समेत बताए।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार