बुधवार, जेठ १७ २०८०
जेठ, १७ काठमाडौ । केही दिनदेखि अत्यधिक गर्मि बढेसंगै पुर्वी तराइका बिभिन्न जिल्लामा जेठ १८ र १९ गते बिद्यालय बिदा दिइएको छ। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, र रामधुनी नगरपालिकाले तापमानमा अत्यधिक वृद्धि भएको भन्दै दुई दिन बिद्यालय बिदा दिएको हो।
नगरपालिका शिक्षा तथा खेलकुद साखाले सूचना जारी गर्दै तापमानम अत्यधिक वृद्धिका कारण बिद्यालयमा हुने नियमित पठनपाठनमा समस्या देखिएको साथै बालबालिकाको स्वास्थ्यमा समेत गम्भीर असर्हरु देखिन थालेकोले मिति २०८० जेठ १८ र १९ गते दुई दिनकोलागी बिद्यालय बिदागरिएको जनाएको छ।


