Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिश्व वातावरण दिवसको अवसरमा हिसानले आयोजना गरेको म्याराथन सम्पन्न।

बिश्व वातावरण दिवसको अवसरमा हिसानले आयोजना गरेको म्याराथन सम्पन्न।

  • 948
    SHARES

  • बिश्व वातावरण दिवसको अवसरमा हिसानले आयोजना गरेको म्याराथन सम्पन्न।

    जेठ, २२ काठमाडौ । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान) काठमाडौ जिल्लाले आयोजना गरेको म्याराथन (सडक दौड) प्रतियोगिता सम्पन्न भएको छ। बिश्व वातावरण दिवसको अवसरमा 'Lets Run Together for Environment' भन्ने मुल नाराका साथ 'Frist HISSAN Marathon - 2023' सम्पन्न भएको हो।

    FB_IMG_1685938205359.jpg

    म्याराथन (सडक दौड) प्रतियोगिता युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुले उद्घाटन गर्नुभयो। म्याराथनमा ३०० बढी विद्यार्थीहरु (महिला/पुरुष) को सहभागी रहेको थियो। म्याराथन काठमाडौको थापाथली स्थित ट्रेड टावरबाट शुरु भएर माइतीघर, बानेश्वर, सिभिल हस्पिटलबाट फर्किएर पुन: ट्रेड टावरको अगाडि आएर टुङ्गियो।20230605_071541 (1).jpg

    म्याराथन प्रतियोगितामा पुरुष तर्फ प्रथम, द्वितीय, र तृतीय पिनाकल कलेजका विद्यार्थी क्रमशः बिकेश घिमिरे, बिनय राई, नकुल घर्ती भए भने काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट (KCCS) का लक्ष्मण तामाङ चौथो, भेनस कलेजका मनोज तामाङ पाँचौ र जोसेफ कलेजका अमित बोहोराले छैटौं स्थान हासिल गरे।20230605_085459 (1).jpg

    त्यसैगरी महिलातर्फ जया मल्टिपल कलेजकि रिदया राई प्रथम, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटकि अस्मिता तामाङ द्वितीय, भेनस कलेजकी सुक्लामो तामाङ तृतीय, KCCS कि पबित्रा गिरि चौथो, सेन्ट लरेन्स कलेजकि सुस्मिता राई पाँचौ र जुबिलियण्ट कलेजकि चाँदनी बिष्टले छैटौं स्थान हात पारिन।20230605_084859 (1).jpg

    प्रतियोगितामा सहभागीमध्य महिला तथा पुरुष दुबैतर्फ प्रथम हुने खेलाडिले रु. १५ हजार, द्वितीय रु.१० हजार र तृतीय हुने खेलाडिले रु. ५ हजार प्राप्त गरे भने चौथो, पाँचौ र छैटौं हुने ३/३ जना विद्यार्थीले रु ३ हजार रुपिया पुरस्कार प्राप्त गरे।

    20230605_084443 (1).jpg

    पुरस्कार बितरण कार्यक्रम प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू रहनु भयो। उहाँले खेलकुदले विद्यार्थीहरुको क्षमता जाँच्न र अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सघाउ पुर्‍याउने भन्दै यस्तो कार्यक्रमहरु अरु तलसम्म व्यापक बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले देशलाई चिनाउन खेल महत्वपूर्ण माध्यम रहेको भन्दै युवा विद्यार्थीहरुले व्यावसायिक खेल जिवनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षामा खेलकुद अनिवार्य भन्दै हरेक शैक्षिक संस्थाले खेलकुदमा जोड दिनुपर्ने भन्दै त्यसमा युवा तथा खेलकुद मन्त्रालयले सघाउ पुर्‍याउने बताउनुभयो। एक अर्को प्रसंगमा उहाँले विद्यार्थीहरुको मुख्य काम पढ्ने हो भन्दै अन्य कुरामा समेत चाँसो राख्नुपर्ने बताउनुभयो। उहाँले भावि पुस्तामा देशको जिम्मा लिने जनशक्ति भएकोले त्यसकोलागी विद्यार्थीहरु तयार रहनु समेत जोड दिनुभयो।20230605_084839.jpg

    कार्यक्रममा हिसान काठमाडौ जिल्लाका अध्यक्ष शिवप्रसाद अधिकारीले खुला म्याराथनमा भागलिने सबै विद्यार्थीहरुलाई धन्यवाद दिदै पुन: विद्यार्थीहरुलाई विभिन्न खेल तथा अन्य रचनात्मक क्रियाकलापहरुमा जोड्ने बताउनुभयो। कार्यक्रममा हिसान केन्द्र, प्रदेश र काठमाडौ जिल्लाका पदाधिकारी लगाएत ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

    20230605_083926.jpg20230605_084037.jpg20230605_071541.jpg20230605_071355 (1).jpg20230605_072029 (1).jpg20230605_084520 (1).jpg20230605_084601 (1).jpg20230605_084839.jpg

    images
    सोमवार, जेठ २२ २०८०१२:३९:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार