बुधवार, जेठ २४ २०८०
जेठ २४ गते काठमाडौ । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गरि विवरण पठाउने विद्यालयको नमावली प्रकाशित गरेको छ । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति दिने निजि बिद्यालयको नामावली प्रकाशित गरिएको हो ।
काठमाडौ महानगरले आफ्नो वेबसाईट मार्फत एक सूचना जारी गर्दै जेठ २३ गते १२ बजेसम्म छात्रवृत्ति वितरण गरी काठमाडौं महानगरपालिका, शिक्षा विभागमा पेस गर्ने विद्यालयको नामावली प्रकाशित गरेको जनाएको छ ।यसअघि जेठ २३ गते महानगरपालिकाले छत्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने ३२४ संस्थागत विद्यालयको नामावली सार्वजनिक गरेको थियो ।
उक्त नामावली सार्वजनिक गर्दै महानगरले जेठ २८ गतेभित्र नियम अनुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा शिक्षा ऐन २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानुन बमोजिम कारबाही गरिन समेत चेतावनी दिएको छ ।
