Oct 09 2026 | २०८३, आश्विन २३ गते

आधारभूत तहमा नेपालभाषा बिषय लागुगर्न निर्देशन ।

आधारभूत तहमा नेपालभाषा बिषय लागुगर्न निर्देशन ।

  • 421
    SHARES

  • आधारभूत तहमा नेपालभाषा बिषय लागुगर्न निर्देशन ।

    काठमाडौं महानगरपालिकाले आधारभूत तह अर्थात् कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमका रूपमा नेपालभाषा विषय पढाउन निर्देशन दिएको छ। महानगरकाअन्तर्गत नगरकार्यपालिकाको कार्यलयका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै विद्यालयलाई परिपत्र जारी गर्दै अनिवार्य रूपमा नेपालभाषा विषय पढाउन निर्देशन दिएका हुन्।

    ‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले आधारभूत तह (कक्षा ८ सम्म) स्थानीय पाठ्यक्रमका रूपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनःस्मरण गराउँदै राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले गरेको प्रावधान अनुरूप अनिवार्य रूपमा पठनपाठन गर्न गराउनुहुन महानगरले गरेको परिपत्रमा उल्लेख गरिएको छ।

    यससँगै संस्थागत विद्यालयमा नेपालभाषा पढाउने शिक्षकको सूची समेत महानगरमा पठाउन भनिएको छ। त्यस्तै, नेपाल भाषाको दैनिक कार्यतालिका पनि महानगरमा बुझाउन निर्देशन दिएको छ।

    FB_IMG_1686279829066.jpg

    images
    शनिवार, जेठ २७ २०८००६:४६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार