Oct 09 2026 | २०८३, आश्विन २३ गते

काठमाडौ बर्नहार्ट स्कुल/कलेज

बर्नहार्टले गर्यो, पुर्वप्राथमिक तह र नयाँ भवनको औपचारिक उद्घाटन।

बर्नहार्टले गर्यो, पुर्वप्राथमिक तह र नयाँ भवनको औपचारिक उद्घाटन।

  • 536
    SHARES

  • बर्नहार्टले गर्यो, पुर्वप्राथमिक तह र नयाँ भवनको औपचारिक उद्घाटन।

    जेठ, २७ गते काठमाडौ । काठमाडौ बर्नहार्ट माध्यमिक बिद्यालय (स्कुल/कलेज) ले पुर्वप्राथमिक तह र नयाँ भवनको आज औपचारिक उद्घाटन गरेको छ। बर्नहार्ट स्कुल/कलेजले आज एक कार्यक्रमका बीच नवनिर्मित भवन सहित पुर्व प्राथमिक (प्रि-प्राइमरी स्कुल) बिद्यालयको उद्घाटन भएको हो।

    उक्त कार्यक्रममा बर्नहार्टका अध्यक्ष भुपेस छत्कुलि सभापति तथा कलेजक संस्थापक प्रिन्सिपल केबि महर्जन प्रमुख अतिथि, सल्लाहकार नारायण प्रसाद चापागाईं, प्रबन्ध निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुसोत्तम बिष्ट, प्रिन्सिपल अमृतबाबू भट्ट, प्रशासन प्रमुख राम थापा सल्लाहकार निमाकान्त पाण्डे लगाएत वडाका प्रतिनिधि, स्थानीय प्रभुत्व र अभिभावकहरु उपस्थित रहेका थिए।20230610_090513.jpg

    उद्घाटन कार्यक्रममा बिद्यालय प्रधानाध्यापक अमृत बाबू भट्टले स्वागत मन्तव्य राख्नुभयो। उहाँले अभिभावकहरुको गाइडलाइनले बिद्यालयलाई अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो। उहाँले अभिभावकको बिश्वास र कलेज टिमको मिहेनतले नेपालको ७७ वटै जिल्लाका विद्यार्थीहरुको प्रतिनिधित्व रहेको बताउनुभयो।

    एक अर्को प्रसंगमा प्रधानाध्यापक भट्टले शिक्षण सिकाइ प्रक्रियामा मोबाइलको दुरुपयोग ठूलो समस्या भएको र त्यसका कारण विद्यार्थीहरुको सिकाइ प्रतिको रुचि घट्दै गएको बताउनुभयो। अभिभावकहरुले आफ्नो बालबालिकालाई समय नदिएका कारण यस्तो हुन पुगेको उहाँले बताउनुभयो। अभिभावकलाई आफ्नो बच्चाको तुलना अरु संग नगर्न समेत सुझाव दिनुभयो।

    त्यसैगरी अभिभावकहरुले बच्चाले नटेरेको, भनेको नमानेको भन्ने गुनासो आउने प्रती संकेत गर्दै उमेरको कारणले बच्चाहरुले यस्तो व्यबहार गर्ने बरु अभिभावकले नै आफ्नो बालबालिकाको अगाडि अस्वभाविक व्यबहार गर्ननहुने धारणा राख्नुभयो। कार्यक्रममा उहाँले विद्यार्थीहरुको सिकाइमा कुनै पनि कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो।

    उद्घाटन कार्यक्रममा बोल्दै प्रबन्धक निर्देशक नवराज अधिकारीले विद्यार्थीको सर्बाङिण बिकासको बारे बिद्यालयले चासो राख्ने गरेको बताउनुभयो। आफ्नो उमेरमा एउटा बच्चाले कति सिक्नुपर्छ त्यसलाई महत्त्व दिनुपर्छ भन्दै केही समय बच्चाहरु अटेरी हुने कुरालाई नकारात्मक तरिकाले हेर्न नहुने सुझाव दिनुभयो।20230610_092546.jpg

    त्यसैगरी उहाँले बालबालिकालाई मोबाइलबाट टाढा राख्न पहिलो कुरा अभिभावकले बच्चाहरुलाई समय दिनुपर्ने बताउनुभयो। उहाँले यस उमेरमा बालबालिकामा क्रियटिभिटी (सिर्जनशीलता) धेरै हुने भन्दै त्यसको लागि उनिहरुलाई विभिन्न बाल किताबहरु दिने साथै कथाहरु सुनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले बालकथाका कारण बच्चाहरुको न्युरो साइन्सको वृद्धि बिकासमा सकारात्मक प्रभाव पार्ने समेत बताउनुभयो।

    मन्तव्यका क्रममा कलेजका सल्लाहकार तथा बरिस्ठ पत्रकार निमाकान्त पाण्डेले केही गम्भीर प्रश्न सोध्नुभयो । उहाँले विद्यार्थीहरुलाई मोबाइलबाट दुरि बढाउँ तर कसरी? मोबाइलको नकारात्मक मात्रै भए बैज्ञानिकहरुले मोबाइल निर्माण किन गरे ? हामीले यसको उपयोगिता के हो यस कुरालाई बढी महत्त्व दिनुपर्छ। पुस्तकबाट भन्दा बढी ज्ञान् मोबाइलबाट आउन सक्छ त्यसैले मोबाइलको सहि उपयोग गर्न सिकाउनुपर्ने बताउनुभयो।

    20230610_095016_11zon.jpg

    एक अर्को प्रसंगमा पाण्डेले बच्चाहरु सिक्न सक्छन तर के त्यो देशको निम्ति काम गरेको छ? बच्चाहरुको सीपको उपयोगिता देश समाजले गर्न पाउछ कि पाउदैन? यदि बिदेशमा गएर श्रम नै गर्नुछ भने पढ्ने किन? विद्यार्थी बिदेश किन जान थाले? किन घट्यो स्नातक तहमा विद्यार्थी संख्या ? भन्दै त्यसतर्फ गंभिर भएर सोच्नेबेला आएको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रमा देशले बिकास गर्न नसके देश नै कमजोर हुने र चौतर्फी बिकासमा पछाडि पर्ने हुँदा देश भित्र स्वयं विद्यार्थीले रोजगारी सिर्जना गर्न सक्ने सीप सिकाउन जरुरी रहेको बताउनुभयो।

    मन्तव्यको क्रममा बर्नहार्टका सल्लाहकार प्राध्यापक डाक्टर नारायण प्रसाद चापागाईंले विभिन्न विद्यार्थीहरुको उमेरलाई ध्यान दिदै प्राथमिक तहका विद्यार्थीहरुको लागि नयाँ संरचना निर्माण गरेको बताउनुभयो । "चाइल्ड एजुकेसन लाई ध्यान दिदै लिडरसिप बिकास गर्न जोड दिने उदेश्यले नवनिर्मित भवनमा शिक्षण सिकाइको सुरुवात गरेका हौं "। मानसिक तथा शारीरिक बिकासको लागि यो उमेर महत्त्वपूर्ण हुने भएकोले त्यस अनुसार हामीले शिक्षा र सिकाइमा ध्यान दिने बताउनुभयो। उहाँले मोबाइल दिनुभन्दा पनि डिजिटल टेक्नोलोजीहरु दिनुपर्नेमा जोड दिनुभयो ।20230610_100951_11zon.jpg

    कार्यक्रममा संस्थापक प्रधानाध्यापक केबि महर्जनले आजको प्रबिधियुक्त संसारमा समयको महत्त्व बुझ्नुपर्ने बताउनुभयो। उहाँले ''स्कुल ,अभिभावक र बिद्यालय'' भनेको एउटा परिवार जस्तै हुनुपर्नेमा जोड दिनुभयो।

    फिनल्यान्ड सबैभन्दा सुखी र खुसी देश हो, फिनल्यान्डमा ७ बर्ष पछि मात्रै बिद्यालय जाने र त्यसमा पनि अभिभावकहरुले धेरैनै Caring गर्ने र पाठ्यपुस्तकमा समेत १५% पेज मा To the parents भनेर instruction दिनेगरेको बताउनुभयो। त्यस्तै जापानमा ३ कक्षा सम्म कुनै पनि खालको परिक्षा हुदैन भन्दै हामीले पनि विद्यार्थीलाई स्कुल गएको दुई बर्ष नैतिक शिक्षा सिकाएर Story learning & writing लाई ध्यान दिएर बालबालिकाको सिर्जना बढाउन सक्छौं भन्नुभयो ।20230610_102920_11zon.jpg

    एक अर्को सन्दर्भमा उहाँले पढाइको दबाबका कारण बिद्यालय र होमवर्कका कारण हाम्रो घर पनि जेल जस्तै भएको भन्दै होमवर्क धेरै दिन नहुने र बालबालिकाहरुलाइ पढाइका साथै खेल्ने मनग्यै समय दिनुपर्नेमा जोडदिनुभयो।

    कार्यक्रमको समापन सभापति भुपेश छत्कुलीले गर्नुभयो । उहाँले 'बूक फ्री फ्राइडे' महानगरले लागू गरेको ठिक निर्णय भएको भन्दै व्यावसायिक शिक्षालाई लागू गर्नुपर्ने र त्यसको लागि बर्नहार्ट तयार रहेको बताउनुभयो।

    20230610_112329_11zon.jpg20230610_100426_11zon.jpg20230610_085712_11zon.jpg20230610_075916_11zon.jpg20230610_075932_11zon.jpg20230610_075947_11zon.jpg20230610_075703_11zon.jpg20230610_074719_11zon.jpg

     

    images
    शनिवार, जेठ २७ २०८००८:२६:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार