आइतवार, जेठ २८ २०८०
जेठ, २८ गते काठमाडौ । सेवा सुविधाको माग राख्दै गत हप्तादेखि आन्दोलनरत विद्यालय कर्मचारीले आज खाली थाल ठटाउने कार्यक्रम राखेका छन् । उनिहरुले आज बानेश्वर देखि माइतीघरम सम्म खाली थाल ठटाउने भएका हुन।
सेवासुविधा थपको माग राख्दै गत जेठ २० गते देखी आन्दोलनरत विद्यालय कर्मचारीले आज २८ गते नयाँ बानेश्वरदेखि माइतीघरसम्म थाल ठटाउँदै प्रदर्शन गर्ने भएका बताइएको छ।
आन्दोलन बिहान १० बजे बाट सुरु हुनेछ।
न्युन तलवमा काम गर्दै आएका विद्यालय कर्मचारीहरु तलव वृद्धि लगाएत विभिन्न सेवा सुबिधाको माग राख्दै अहिले विभिन्न चरणका आन्दोदन गरिरहेको छन। यसैबीचमा सरकारले आन्दोलनरत पक्षलाई वार्तामा नबोलाए असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने समेत चेतावनी दिएका छन।
नेपाल सरकारको नीति तथा कार्यक्रममा (आर्थिक वर्ष) २०८० ०८१ बुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिनेछ भनिएपनि बजेट भाषणमा काँही उल्लेख नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको बिद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए।