बिहिवार, जेठ ३२ २०८०
जेठ, ३२ काठमाडौ । सेवासुविधा वृद्धिको माग गर्दै आन्दोलनरत विद्यालय कर्मचारी र प्रहरीबिच काठमाडौंको माइतीघरमा झडप भएको छ। आज माइतीघर मण्डलामा आन्दोलनको क्रममा झडप भएको हो।
झडपबाट ४ जना आन्दोलनरत विद्यालय कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी, बरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ तथा जुम्लाका एक जना विद्यालय कर्मचारी धन बाहदुर महत रहेको बताइएको छ। काठमाडौंको माइतीघर मण्डलाबाट आन्दोलन गरिरहेकको अवस्थामा सामान्य विवाद हुँदा प्रहरीले पक्राउ आन्दोलनकारीहरुले बताए।
बिद्यालय कर्मचाीहरुले आफ्ना माग सम्बोधन नभएपछि चरणवद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रममा (आर्थिक वर्ष) २०८० ०८१ बुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिनेछ भनिएपनि बजेट भाषणमा काँही उल्लेख नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।