शनिवार, आषाढ २ २०८०
असार, २ काठमाडौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलि आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले आफ्नो माग सम्बोधन नभएको र त्यसका लागी दवाव दिने उद्देश्यका साथ भोलि असार ३ गतेदेखि बिद्यालय बन्दको घोषणा गरेको हो।
बिद्यालय कर्मचारी परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको छ। यसअघि परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आएको थियो।
परिषदले जारी गरेको बिज्ञप्तिमा गत जेठ १७ को पत्रकार सम्मेलनबाट घोषित आन्दोलनका कार्यक्रमहरुमध्ये पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भिर हुनुको सट्टा प्रहरी दमन प्रयोग गर्न उद्दृत देखिएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न मातहतका समितिहरुलाई निर्देशन गरिएको छ।
