Oct 09 2026 | २०८३, आश्विन २३ गते

चार महिनादेखि पढाइ नभएको भन्दै विद्यार्थी द्वारा तालाबन्दी ।

चार महिनादेखि पढाइ नभएको भन्दै विद्यार्थी द्वारा तालाबन्दी ।

  • 547
    SHARES

  • चार महिनादेखि पढाइ नभएको भन्दै विद्यार्थी द्वारा तालाबन्दी ।

    असार, ५ बझाङ। बिगत चार महिना देखि गणित र बिज्ञान बिषय पढाइ नभएको भन्दै बिद्यालय प्रशासनमा विद्यार्थीले तालाबन्दी गरेका छन।  विद्यार्थीहरुले एक बिज्ञपति जारी गर्दै बझाङको सुनकुडा माध्यमिकमा जेठ ३२ देखि तालाबन्दी गरेका हुन्।

     २०७९ माघ १ गतेदेखि पढाइ नभएको र पटक पटक बिद्यालय प्रशासन, ब्यबस्थापन समिती र स्थानीय तहलाई आग्रह गर्दा पनि बेवास्था गर्दा पठनपाठन प्रभावित भएको भन्दै तालाबन्दी गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन ।

    विद्यार्थीहरुले माग सम्बोधन नहुन्जेल ताला नखोल्ने र यदि प्रशासनले जवर्जस्ती ताला खोलेमा अन्य शसक्त आन्दोलन गर्न बाध्य हुने समेत बताएका छन।

    FB_IMG_1687225118730.jpg

    images
    मंगलवार, आषाढ ५ २०८००७:५५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार