मंगलवार, आषाढ ५ २०८०
असार, ५ काठमाडौ । पाल्पाको रामपुर स्थित राम तुलसी माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ। जिल्लाको रामपुर नगरपालिका वडा नं ५ को कार्यलयबाट सामाजिक सुरक्षा कोषअन्तर्गत रामतुलसी माविमा अध्ययनरत अति विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो।
वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलका अनुसार विद्यार्थीहरुलाइ स्टेशनरी, झोला लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको बताए।
तस्बिर : सुशीला रेग्मी/रासस