Oct 09 2026 | २०८३, आश्विन २३ गते

त्रिवि द्वारा सहप्राध्यापक र उपप्राध्यापकलाई स्पष्टीकरण माग ।

त्रिवि द्वारा सहप्राध्यापक र उपप्राध्यापकलाई स्पष्टीकरण माग ।

  • 759
    SHARES

  • त्रिवि द्वारा सहप्राध्यापक र उपप्राध्यापकलाई स्पष्टीकरण माग ।

    असार ७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत पुलचोक क्याम्पसका सह प्राध्यापक डाक्टर निर्मल पौडेल, उप प्राध्यापक दिपक लम्साल र त्रिचन्द्र बहुमुखी क्यापसका उप प्राध्यापक गोबिन्द शर्मालाई स्पस्टिकरण माग गरेको छ। बिश्वबिद्धालय रजिस्टारको कार्यलयले गोरखापत्रमा सुचना जारी गर्दै नियम बिपरित बिदा मागेको, बिदा थपेको भन्दै स्पस्टिकरण माग गरेको हो।

    बिश्वबिद्धालयले पुलचोक क्याम्पसका सह प्राध्यापक डाक्टर निर्मल पौडेलले मिति २०७९ जेठ २५ देखि २०७९ साउन ३ गते सम्म ३६ दिनको आधा तलबी बिरामी बिदा पाउ भनी निवेदन दिएकोमा सो पुष्टिहुने चिकित्सकको प्रमाण पेश नगरेको एबं सो पश्चात् पनि थप ९० दिन बिदा बढी क्याम्पसमा अनुपस्थित भएको भन्दै स्पस्टिकरण मागरेको सुचनामा उल्लेख गरेको छ।

    त्यसैगरी पुलचोक क्याम्पसकै उपप्राध्यापक दिपक लम्साल PHD अध्यायनको लागि २०७१ जेठ ५ देखि अध्ययन बिदामा रहि पटक पटक बिदा थप गरि २०७५ जेठ ५ सम्म ४ बर्षको अध्ययन बिदा समाप्त भइ २०७५ जेठ ७ मा १ बर्षको लागि निवेदन पेश गरेपनी सो कबुलियतनामा हाल सम्म पनि ९० दिन सम्म क्याम्पसमा अनुपस्थित रहेकोले स्पस्टिकरण पेश गर्न सुचनामा उल्लेख गरेको छ।

    त्यसैगरी त्रिभुवन बिश्वबिद्धालय त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक गोबिन्द शर्मा २०७५ जेठ १० देखि हाल सम्म बिना सुचना हाजिर नभई कर्मचारी सेवा सम्बन्धी नियम पालना नगरेको भन्दै स्पस्टिकरण माग गरिएको छ।

    बिश्वबिद्धालयले गोरखापत्र दैनिकमा सुचना जारी भएको ३५ दिन भित्र स्पस्टिकरण दिन समेत निर्देशन दिएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20230622-072214_Facebook.jpg

    images
    बिहिवार, आषाढ ७ २०८००७:५६:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार