Jul 27 2026 | २०८३, श्रावण ११ गते

एक विषय मौका परीक्षाका लागि आवेदन माग (सूचना सहित)

एक विषय मौका परीक्षाका लागि आवेदन माग (सूचना सहित)

  • 1.0K
    SHARES

  • एक विषय मौका परीक्षाका लागि आवेदन माग (सूचना सहित)

    असार, १२ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले एक विषय मौका परीक्षाका लागि आवेदन खुला गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले एक सुचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गतका डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमका लागि आवेदन खुला गरेको हो ।

    सिटिइभिटिका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित वार्षिक परीक्षा प्रणाली अन्तर्गतका डिप्लोमा तथा प्रमाणपत्र तहका नर्सिङ, सामान्य चिकित्सा, कृषि (प्लान्ट साइन्स र एनिमल साइन्स), ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल साइन्स (डेन्टल हाइजिन), डिप्लोमा इन फार्मेसी, अप्थाल्मिक साइन्स, सामान्य आयुर्वेदिक चिकित्सा, फिजियोथेरापी, फरेस्ट्री तथा अकुपन्चर कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ यो सूचना प्रकाशित भएको मितिसम्म सम्बन्धित शिक्षालयहरूमा परीक्षा आवेदन फाराम भरी बुझाउनु पर्ने उल्लेख गरेको छ।

    प्रथम र दोस्रो वर्ष उत्तीर्ण भई तेस्रो बर्षमा मात्र कुनै एक विषय अनुत्तीर्ण भएका परिषद् परीक्षा सम्बन्धी विनियमावली २०७१ बमोजिम सैद्धान्तिक एक विषयको मौका परीक्षा साउन महिनामा सञ्चालन हुने हुँदा सम्बन्धित परीक्षार्थीहरूले असार २१ गतेभित्र नियमित शुल्क र असार २५ गतेभित्र विलम्ब शुल्कमा आवेदन बुझाउनु पर्ने छ।

    FB_IMG_1687826292469.jpg

    images
    मंगलवार, आषाढ १२ २०८००८:०५:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार