Jul 28 2026 | २०८३, श्रावण १२ गते

संस्थागत बिद्यालयलाई सामुदायिक बिद्यालयका शिक्षक सरह तलब दिन महानगरको अनुरोध ।

संस्थागत बिद्यालयलाई सामुदायिक बिद्यालयका शिक्षक सरह तलब दिन महानगरको अनुरोध ।

  • 734
    SHARES

  • संस्थागत बिद्यालयलाई सामुदायिक बिद्यालयका शिक्षक सरह तलब दिन महानगरको अनुरोध ।

    असार, १४ काठमाडौ । काठमाडौ महानगरपालिकाले संस्थागत (प्राइभेट) बिद्यालयका शिक्षकहरुलाई सामुदायिक बिद्यालयमा प्राप्त गर्ने शिक्षक सरहको तलब उपलब्ध गराउन अनुरोध गरेको छ। काठमाडौ महानगरपालिकाका प्रुख बालेनले फेसबूकमा पोस्ट गर्दै यस्तो अनुरोध गरेको हो।

    उहाँले महानगरमा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै शिक्षकहरुलाइ सामुदायिक बिद्यालय सरहा तलब दिनुपर्ने बताएका छन।

    काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए र ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको गरिएको छ। सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ बालेनले बालेनले फेसबूक पोस्टमा उल्लेख गरेका छन ।

    अन्यथा निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन।

    FB_IMG_1688003964235.jpg

    काठमाडौ महानगर प्रमुख बालेनले लेखेको फेसबूक पोस्ट यस्तो छ।

    'काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।

    सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।

    निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।'

    Screenshot_20230629-082441_Facebook.jpg

    images
    बिहिवार, आषाढ १४ २०८००८:३४:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार