Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ महानगरमा प्र.अ. को छनोट खुला प्रतिस्पर्धा बाट ।

काठमाडौ महानगरमा प्र.अ. को छनोट खुला प्रतिस्पर्धा बाट ।

  • 618
    SHARES

  • काठमाडौ महानगरमा प्र.अ. को छनोट खुला प्रतिस्पर्धा बाट ।

    असार, २७ काठमाडौ । काठमाडौं महानगरले आउँदो आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा प्रधानाध्यापकको छनोट खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । महानगरले कार्यविधि तयार गरिरहेको र त्यसै अनुरुप प्रधानाध्यापकको छनोट हुने भएको हो।

    महानगरले तयार पारेको कार्यविधि कार्यान्वयन भएसँगै हाल भइरहेका प्रधानाध्यापक जिम्मेवारीबाट मुक्त हुनेछन् । यद्यपि, उनीहरू सोही विद्यालयमा शिक्षकको जिम्मेवारीमा भने रहनेछन् ।

    नयाँ प्रधानाध्यापक छनोटका लागि निवेदन आह्वान गरिनेछ । विज्ञापन खुलेपछि महानगरभित्रै रहेका शिक्षकले आवेदन फाराम भर्न सक्नेछन् । माध्यमिक तहको प्रधानाध्यापकका लागि सोही तहमा पढाउने शिक्षकबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, निमावि र प्रावि तहको प्रअ छनोट प्रक्रिया पनि सोहीअनुसार हुनेछ । 

     

    images
    बुधवार, आषाढ २७ २०८००६:२६:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार