बुधवार, श्रावण ३ २०८०
साउन, ३ गते काठमाडौ । निक (NIC) एकेडेमी जसलाई एनआइसी एकेडेमी भनेर समेत चिनिन्छ । यस एकेडेमिले स्वच्छ र शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।
२०५८ सालमा एनआइसी कलेजको रुपमा देशकै ख्यातिप्राप्त प्राध्यापक र शिक्षाविद्हरु द्वारा संचालन गरिएको शैक्षिक संस्था सुरुमा काठमाडौको डिल्लीबजारमा अवस्थित र हाल नागार्जुन नगरपालिका, २ सानोभर्याङमा रहेको छ। हाल कक्षा ११ र १२ मा ब्यबस्थापन र कानुन संकाय पढाई हुँदै आएको छ।
यस एकेडेमिले सानोभर्याङमा २०७२ साल देखि जिल्लाकै 'ए' ग्रेडको स्कुलको रुपमा संचालन गर्दै आएको छ। एकेडेमी गुणस्तरीय शिक्षाकोलागी उच्चमध्यम , मध्यम र न्यून आय भएका अभिभावकहरुले आफ्नो छोराछोरिहरुलाई ज्ञान आर्जनको लागि आकर्षक शैक्षिक हब बनेको छ।
हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्न सफल निक एकेडेमी २०७८/७९ मा काठमाडौको सातौ स्थानमा पर्न सफल भएको थियो। एकेडेमीले यस बर्षको एसईईमा औसत ३.२५ GPA ल्याउन सफल भएको छ, जसमा २ जना विद्यार्थीहरुले ३.९५ जिपिए ल्याएका छन। काठमाडौ जिल्ला शिक्षा बिभागबाट उकृष्ट घोषित उक्त बिद्यालयमा हाल ८ सय बढी विद्यार्थी अध्ययनरत छन। बिद्यालयको भौतिक अवस्था राम्रो अत्यन्तै राम्रो र भुकम्प प्रतिरोधात्मक भवनले विद्यार्थीहरुलाई मनोबैज्ञानिक रुपमा समेत सिकाइमा अभिप्रेरित गर्दछ।
सुबिधा सम्पन्न र भूकम्प प्रतिरोधी भवन, स्मार्टबोर्ड, प्रोजेक्टर र सिसिटिभी जडान गरिएका उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, व्यवस्थित प्रयोगशाला, कम्प्युटर ल्याब, सेमिनार हल यस कलेजको बिशेषता हो। विद्यार्थीको व्यक्तिगतरूपमा नै रेखदेख गर्नु कलेजको अर्को महत्वपूर्ण विशेषता हो ।
समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च गरी सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउन सहभागितामूलक र प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ ।
एकेडेमिले विद्यार्थीहरुको सर्बाङ्गिण बिकसका लागी पढाईका साथसाथै खेलकुद, गायन,नृत्य, चित्रकला, बक्तृत्वकला, हाँजिरिजवाफ लगाएत बिबिध क्रियाकलापहरुमा समेत विशेषज्ञ जोड दिने गरेको छ। एकेडेमीले प्रतिभालाइ सम्मान गर्दै कक्षा ११ मा भर्ना हुदा समेत विभिन्न कृयाकलापमा रुचि भई त्यस क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको ब्यबस्था समेत गर्ने गरेको छ।